दशैं मनाउन राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौं ३१ असोज– काठमाडौं उपयकाबाट दशैं मनाउन २१ लाखभन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत ४ दिनको अवधिमा सो संख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौं आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण काठमाडौंबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए ।

दशैंभर काठमाडौंबाट करीब २४ लाख मानिस बाहिरिने उनको भनाइ छ । काठमाडौंबाट २२ लाख मानिस बाहिरिएसँगै विगत २ दिनदेखि काठमाडौंको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौंका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।