एप्स मार्फत गुनासो सम्बोधन गर्दै जैमिनी नगर

सबै गतिविधी एप्समा समावेश

बागलुङ, ६ कार्तिक-जिल्लाको जैमिनाी नगरपालिकाले मोवाईल एप्स मार्फत सर्वसाधारणका गुनासो सम्बोधन गर्नेकार्य थालनि गरेकोछ । नगरपालिकाले मोवाईल एप्स मार्फत सर्वधारणले नगरका कामको बिषयमा राखेका जिज्ञासा र काम कारवाहीका बिषयमा उठेका प्रश्नको जवाफ मोवाईल एप्स मार्फत नै दिने कार्यको थालनि गरेको हो । नगरपालिकाका निती, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यहरुको बिषयमा जानकारी गराउने उद्देश्यले सुरुवात गरीएको एप्स मार्फत सर्वसाधारणका गुनासो तथा जिज्ञासाको समाधान समेत थालिएको उप–प्रमुख लिला रानाले बताए ।
प्रबिधिको बिकास सँगै मोवाईल एप्सको प्रयोग बढेकाले सर्वसाधारणको सहजताका लागि नगरपालिकाले आफ्नै एप्स सञ्चालनमा ल्याएको हो । ‘सबैका हातमा मोवाईल फोन छन्, मोवाईलको प्रयोग गरेर सबै सुबिधाको बिषयमा जानकारी दिन हामीले आफ्नै एप्स बनाएका हौं’ उप–प्रमुख रानाले भने–‘नगरका काममा पारदर्शीताको लागि मोवाईल एप्स एउटा राम्रो प्रयोग हुनेछ ।’ नगरलाई प्रबिधि मैत्री बनाउनका लागि काम कारवाही र सर्वसधारणले पाउने सुबिधाका बिषयमा अनलाईन, मोवाईल एप्स र डिजिटल सूचना पार्टि मार्फत जानकारी गराईंदै आएको छ । ‘नगर भित्रका सबै सर्वसाधारणलाई एप्सको सुबिधा लिनको लागि आग्रह गरेका छौं’ प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने–‘सूचनाको अधिकार प्रत्याभुत गर्न हामीले प्रबिधि मैत्रि नगर बनाउने अभियानमान छौं ।’
हरेक आर्थिक बर्षको बजेट, निती तथा कार्यक्रम, सञ्चालित योजनाहरु, जनप्रतिनिधि र कर्मचारीको बिबरण तथा भएगरेका कामको प्रगति समेत एप्समा राखिएको छ । एप्समा भएका जानकारीको सम्बन्धमा गुनासो वा प्रतिक्रिया र नगरका अरु कामको बिषयमा जानकारी वा प्रश्न सबै लिन र जवाफ दिन मिल्ने गरी एप्स तयार पारिएको शर्माले बताए । ‘अव घरमा बसेरनै सबैले नगरपालिकाको काम कारवाहीको बिषयमा अनुगमन समेत गर्न सक्नुहुन्छ’ उप–प्रमुख लिला रानाले भने–‘हामी जनताको सहज सुबिधाका लागि सदैव तयार छौं ।’