यूनिक सञ्चार सहकारीका अध्यक्ष अधिकारीलाई पति शोक

बागलुङ, ६ कात्तिक–यूनिक सञ्चार सहकारी संस्था लि.का अध्यक्ष कृष्णमैया अधिकारीका श्रीमान रिद्दिराज अधिकारीको निधन भएको छ । लामो समय सम्म शिक्षण पेशामा लागेका अधिकारी सामाजिक सेवाको क्षेत्रमा पनि सक्रिय थिए । पेशा बाहेक पनि शिक्षाको बिकासमा उनले महत्वपूर्ण योगदान गरेको उनका विद्यार्थीहरु बताउँछन् ।

बागलुङ नगरपालिका २ घर भएका अधिकारी व्यक्तिगत तथा पारिवारिक कामका लागि लण्डन गएका थिए । मंगलवार अधिकारीको निधन भएको उनको पारिवारिक श्रोतले जनाएको हो । यूनिक सञ्चार सहकारीद्धारा सञ्चालित ढोरपाटन दैनिक, धौलागिरी स्टार साप्ताहिक र जनमञ्च अनलाईन पत्रिका परिवार अधिकारीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकशन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं ।