आर्सनल र चेलसीको यूरोपा लिगमा लगतार तेस्रो जित

दुवै क्लब ३ मा ३ खेल जितदै आ—आफ्नो ग्रूपको शिर्ष स्थानमा

बागलुङ, ९ कार्तिक — इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा लगातार तेस्रो जित हात पारेको छ ।युरोपा लिगको समूह ए मा रहेको आर्सनलले बिहीबार राति पोर्चुगलको स्पोर्टिङ लिस्बोनलाई १–० गोलले पराजित गरेको हो । आर्सनलको कठिन जितमा वेलवेकले गोल गरेका थिए ।गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । खेलको ७७औं मिनेटमा आर्सनलका लागि वेलवेकले गोल गरे । उनको गोलसँगै आर्सनलले स्पोर्टिङमाथि जित दर्ता गर्न सफल भयो ।जितसँगै आर्सनलको ३ खेलबाट ९ अंक भएको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको स्पोर्टिङ ६ अंक रहेको छ ।
त्यसतै चेल्सीले बाते बोरिसोभलाई ३—१ गोल अन्तरले पराजीत गरेको छ । चेल्सीका लागी तीनै गोल लोफ्टसले गरेका थिए । लोफ्टसले खेलको दोस्रो,आठांै र ५३ औं मिनेटमा गोल गरेका थिए भने बोरिसोभका लागि खेलको ७९ औं मिनेटमा रियासले सान्तोवना गोल र्फकाएका थिए ।