ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

बागलुङ, ९ कार्तिक — लामो समय सम्म फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका ९ का दल बहादुर कामीलाई प्रहरी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत बागलुङले २०७२ साल माघ महिनाको १० गते कर्तव्य ज्यान मुद्धामा ८ बर्ष ९ महिना कैद सजाएको थियो । मुद्धा फैसलापछि फरार रहेका उनलाई ढोरपाटन नगरपालिकाबाटनै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणाले बताए ।

२०६६ सालमा ढोरपाटन नगरपालिकाकै बोबाङका ६६ बर्षिय आस बहादुर कामीको हत्या आरोपमा पक्राउ परेका कामी यस भन्दा पहिले पनि १६ महिना जेल सजाँए भुक्तान गरेर रिहाई भएका थिए । जिल्ला अदालतले पुर्ण फैसला सुनाए यता उनि फरार थिए । कामीलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतको आदेश अनुसार बिहिबारनै कारागार पठाएको छ । कामीले पहिले भुक्तान गरेको १६ महिना सजाएँ कटाएर ८ बर्ष ९ महिनामा बाँकी हुन आउने सजाएँको भागीदार हुने छन् । अदातलको आदेशमा जेल चलान गरीएको हो ।