कूपोषण र रोकथाम

सामान्य भासामा भन्नुपर्दा कुपोषण भन्ने बित्तिकै पोषणको कमि भन्ने बुझिन्छ । आबस्यक सन्तुलित आहार लामो समयसम्म नपाउनाले हुने समस्या हो । मानिसको शरीरलाई चाहिने पोषणको कमी भएको अवस्था हो । शरीरलाई आवश्यक भएका पोषण तत्वहरुको अभावले शरीर कमजोर र दुब्लो पातलो हुने अवस्थालाई कुपोषण भनिन्छ, कुपोषणको सिकार भएको व्याक्ति शारीरिक र मानसिक दुबै रुपमै अस्वस्थ हुन्छ ।
चिकित्सकका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । मुख्यतयाः जब खानामा पर्याप्त मात्रामा पौष्टिक आहार प्राप्त हुँदैन, तब कुपोषणको समस्या देखिने गर्छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सबैभन्दा बढी देखिएको छ ।
बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु हो । विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधान नेपालका ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भएता पनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न हजारौँ बालबालिकाहरू कुपोषणका कारण मृत्युको शिकार भएका छन् ।

कुपोषणका लक्षणहरु

पाचन तन्त्रको समस्याः हामी जे खान्छौ, त्यसैबाट हाम्रो पाचन तन्त्र निर्धारण हुन्छ । कमजोर पाचन तन्त्रका कारण कब्जियत, पेट फुल्ने, पखाला लगायतका समस्या निम्तने गर्छ । यी सबै समस्या भिटामिन बी ११, बी ८, बी १२, सी, डी, ई, के, आयरन, सेलेनियम । मैग्नेसियम, जिंक लगायतका स्वस्थ पोषण तत्वको कमीसित सम्बन्धित हुने गर्छ ।

छालाको समस्याः कयौ मानिस छाला सम्बन्धि समस्याबाट धैरै प्रभावित हुने गर्छन् । उनीहरुमा चाउरीपना, दण्डीफोर, दाग, लगायतका समस्या बढी हुने गर्छ । यस्ता समस्या भएमा मानिसहरु छालाको डाक्टरका जाने गर्छन् । जबकी भिटामिन ए, बी ३, सी, ई, बायोटिन, ओमेगा ३ फैट, कपर, सेलेनियम, जिंक लगायतको तत्वलाई खानामा सामेल गरेमा मात्र पनि यस्ता समस्याबाट स्वत छुटकारा पाउन सकिन्छ ।

कमजोर प्रतिरक्षा प्रणालीः मजबुत प्रतिरक्षा प्रणालीले विभिन्न बैक्टेरिया, भाइरसका कारण हुनसक्ने संक्रमणबाट शरीरलाई बचाउँछ । मजबुत प्रतिरक्षा प्रणालीले शरीरको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर जब शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, शरीरले विभिन्न रोगसित लड्न सक्दैन, जसका कारण हामी बारम्बार बिरामी हुने गर्छौ । यस हिसाबले कमजोर प्रतिरक्षा प्रणाली पनि पोषणसित सम्बन्धित हुने गर्छ । भिटामिन ए, सी,डी, ई, क्रोमियम, सेलेनियम, मैग्नेसियम, जिंक लगायतका आवश्यक पोषक तत्वको कमीका कारण यस्तो समस्या निम्तने गर्दछ ।

कमजोर कपालः के तपाईको कपाल, रुखो तथा सुख्खा छ ? यस्ता समस्या सदैव धुलो, धुवा, प्रदुषण, गलत स्याम्पूको प्रयोगका कारण मात्र पनि नहुन सक्छ । शरीरमा आवश्यक पौष्टिक तत्वको कमीका कारण शरीर मात्र नभई कपाल समेत प्रभावित हुने गर्छ । पोषण तत्वकै कमीका कारण कपाल रुखो तथा कमजोर हुने गर्छ । र, झर्ने गर्छ । खानामा भिटामिन बी ५, बी ६, बी १२, बायोटिन, क्लोरिन लगायतको पोषकतत्वका कमीका कारण यस्ता समस्या हुने भएकोल यी खानेकुरालाई बेलैमा खाफ्नौ दैनिक खानेकुरामा समावेश गर्न जरुरी छ ।

कमजोर हड्डीः शरीरमा भिटामिन ए, भिटामिन डसी, डी, क्रोमियम, कैल्सियम, मैग्नेसिय, जिंक, मोलिब्डेनम लगायतको आवश्यक पोषण तत्वको कमीका कारण हड्डी कमजोर हुने गर्छ । हड्डी कमजोर भएमा बालबालिकामा रिकेट्स हुन्छ भने वयष्कहरुमा ओस्टियोमेलेसिया हुने गर्छ । हड्डी कमजोर हुन नदिन , दूध, दही, लगायतका पोषण तत्वको सेवन गर्न जरुरी छ ।

लगातार ऐठन र खुट्टा बौडिनुः कयौ मानिसमा खुट्टा बौडिने, मांसपेशी फर्किने समस्या हुने गर्छ । यस्ता समस्या धेरैजसो शरीरमा पोषण तत्वको कमीका कारण हुने गर्छ । शरीरमा मैग्नेसियम, कैल्सियम, पोटासियम लगायतको पोषण तत्वको कमीका कारण यस्ता समस्या निम्तने गर्छ । यस्ता तत्वले मांसपेशीको विकास तथा शरीरीक विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यस्ता तत्वको कमीका कारण मांसपेशी फर्कने तथा खुट्टा तथा पैताला बौडिने गर्छ ।

नङको समस्याः नङमा हुने समस्या पनि पोषण तत्वसित सम्बन्धित हुने गर्छ । विशेषगरी मैग्नेसियम नामक तत्वको कमीका रण नङ आपसे आप टुट्ने गर्छ । त्यस्तै, नङसेतो हुने, नङ्गमा दाग लाग्नु, नङ चिरा पर्नु, कमलो नङ, रुखो नङले पनि शरीरमा पोषक तत्व कमी भएको संकेत गर्छ । यसको पुर्तीका लागि जिंक, मैग्नेसियम लगायतका तत्वको सेवन आवश्यक छ ।

आँखा सम्बन्धि समस्याः कम उमेर चश्मा लगाउनु अहिले सामान्य भैसकेको छ । आँखाका लागि आवश्यक पोषक तत्वको कमीका कारण पनि यस्ता समस्या आउने गर्छ । आँखा कमजोर हुनु, मोतियाविन्दु, आँखा सुन्निनुले पनि शरीरमा पोषण तत्व कमी भएको संकत गर्दछ । यी कमी पूरा गर्नका लागि क्रोमियम, जिंक, भिटामिन बी ६, बी १२, ओमेगा ३ लगायतका तत्व आवश्यक छ ।

गिजाबाट रगत आउनुः गिजाबाट रगत आउनु सामान्य समस्या हो । तर यो समस्या ३५ वर्षको उमेर पछि पनि बढेमा भने विशेष सजग हुन आवश्यक छ । किनकी पोषण तत्वको कमीका कारण पनि गिजाबाट खून निस्कन सक्छ । यस्ता समस्या विशेषगरी, जिंजिभाइटिस, पायरिया, पेरियोडोटाइटिस, भिटामिन सी, क्यू १०, फोलिक एसिड, प्रोटिनको कमीका कारण हुने गर्छ ।

कसरी बच्ने ?
कुपोषणको कु–प्रभावको मुख्या कारण भनौ या जड अशन्तुतिल भोजन नै हो । सन्तुलित भोजनको वा पौष्कटिकका कमीका कारण हुन सक्ने कुपोषणबाट बच्नको लागि खानामा पौष्टिक आहार समावेश गर्न जरुरी छ । विशेषगरी, बदाम, हरियो सागसब्जी, मेवा, सोया मिल्क, मसरुम, गेडागुडी, दाल, मटर, आलस, अन्न, ब्रोकाउनी, मासु, माछा, अण्डा, दूध तथा दूधबाट बनेका परिकार, टुसा उम्रेको (अंकुरीत) खानेकुरा, रङ्गीवरङ्गी फलफूल, लगायतमा भरपूरमात्रा पोषण तत्व पाइने हुदाँ यस्ता खानेकुरालाई दैनिक आहारमा समावेश गर्न जरुरी छ ।