प्रथम गल्कोट महोत्सव सुरु (फोटो फिचर सहित)

स्थानिय उत्पादनको प्रदर्शनमा जोड

बागलुङ, १० कार्तिक– बागलुङको गल्कोट नगरपालिकामा शुक्रबार देखी पहिलो गल्कोट महोत्सव सुरु भएको छ । बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईले आयोजना गरेको पहिलो गल्कोट महोत्सवको शुक्रबार प्रतिनिधि सभा सदस्य ज्ञानकुमारी छन्त्यालले उद्घाटन गरेकी छिन् ।
महोत्सबको उद्घाटन गदैे छन्त्यालले गल्कोटको उत्पादनलाई चिनाउनाका लागि महोत्सव महत्वपुर्ण अवसर भएको बताईन् । पर्यटनको प्रबद्र्धन र व्यपार मेलाका नाममा आयोजना हुने महोत्सवहरुले स्थानिय उत्पादनको प्रचार प्रसारमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । महोत्सव गल्कोटको मात्रै नभई समग्र जिल्लाको व्यापार व्यवसाय प्रबद्र्धनमा सहयोगी बन्ने भन्दै छन्त्यालले त्यसको सदुपयोग गर्न आग्रह गरीन् । गल्कोट क्षेत्र आफैमा साँस्कृतिक तथा प्राकृतिक हिसाबले पनि महत्वपुर्ण रहेको बताउदै सांसद छन्त्यालले अब समृद्ध गल्कोट बनाउन गल्कोटमा रहेका श्रोतको पहिचान गरि बिकास निर्माणमा जुट्नुपर्ने बताईन् ।
गल्कोटको समृद्धी गल्कोटमै रहेको प्रयटकीय क्षेत्र, दरम गौदी लगाएतका दर्जनौ नदी भएर बग्ने जलश्रोत बनजङ्गल लगाएतको सहि सदुपयोग गरि समृद्ध र समुन्नत बनाउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका संसाद चन्द्र बहादुर बुढाले गल्कोट महोत्सबले समग्र बागलुङको प्रर्यटन प्रबर्धनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे भने कार्यक्रममा गण्डकी प्रदेशकी सांसद दिलमाया रोका, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, गल्कोट नगरपलिकाका नगर प्रमुख भरत शर्मा गैरे, बागलुङ नगरपालिकका नगर प्रमुख जनकराज पौडेल, ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति, बडिगाड गाउँपालिकका अध्यक्ष मेहरसिहँ पाईजा, काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा निसिखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सयन्त्र सदस्य फमलाल निउरे, नेपाली काँग्रेसका जिल्ला सल्लाहकार सदस्य हरिप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी लगाएतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघ गल्कोट ईकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमको स्बागत तथा महासचिब हिम बहादुर भण्डारी हेमन्तको सञ्चालनमा सम्पन्न भएको थियो । महोत्सवको उद्घाटन सत्रमा प्रस्तुत गरीएको ताराखोलाको सिस्नो खोस्ने नाचले दर्शकहरुमो मन तानेको थियो । शुक्रबारबाट सुरु भएको महोत्सव आगामि कार्तिक १८ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा स्थानिय उत्पादनका स्टलहरुका साथै रमाईलो मेला र बिबिध सांकृतिक कार्यक्रम तथा कलाकारहरुमो प्रस्तुती रहने बताईएको छ ।