पुजी परिचालन गरौं–सापकोटा

अभियानको साधारणसभा

बागलुङ, १० कार्तिक– गण्डकी प्रदेशका सांसद एवं नेकपा बागलुङका नेता इन्द्रलाल सापकोटाले सहकारीहरुले जम्मा गरेको पुँजीलाई व्यवसायीक काममा खर्चर्नुपर्ने बताएका छन् । अभियान सहकारी संस्थाको १२ औं साधारणसभाको शनिवार बागलुङमा उद्घाटन गर्दै सांसद सापकोटाले यस्तो बताएका हुन् । सहकारीहरुले जम्मा भएको पुँजी व्यवसायमा लगाउनुको सट्टा अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण सहकारी संस्थाहरु डुव्ने गरेको बताउँदै सापकोटाले सहकारीको मर्ममा रहेर पुँजी परिचालन गर्न आग्रह गरे । ‘अहिलेको मुख्य चुनौती भनेकै पुँजीको परिचालन हो’ सापकोटाले भने–‘सहकारीले मर्यादा भुले भने उठ्न नसक्ने गरी भासिन्छन ।’ देशमा सहकारीका कारण सफलता पाएका प्रसस्त उदाहरण रहेको भन्दै सापकोटाले सफल सहकारीको सिको गर्न आग्रह गरे । कार्यक्रममा धौलागिरी क्याम्पसका प्रमुख रामप्रसाद उपाध्याय, बागलुङ नगरपालिका बडा.नं २ का अध्यक्ष जीवन आचार्य, बागलुङ नगरपालिका वडा.नं.४ का वडा अध्यक्ष ध्रुव बहादुर केसी, देवी शर्मा, कृष्ण सपकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।