बागलुङमा समुदाय प्रहरी साझेदारी अभियान शुरु

प्रहरीको अभियानमा स्थानिय तहको सहमती

बागलुङ, ११ कार्तिक – नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान शुरु गरेको छ । देशव्यापी रुपमा शुरु भएको अभियान बागलुङका स्थानीय तह र प्रहरीबीच सहमतिपत्रमा हस्ताक्षर गरेर थालिएको हो ।
प्रहरीले आयोजना गरेको कार्यक्रममा सामाजिक अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि समुदायको साझेदारीमा संचालन गरिने कार्यक्रमबाट प्रभावकारी नतिजा आउने प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए । उनले प्रहरीको एकल प्रयासबाट कुनैपनि काम सहजै सम्पादन हुन नसक्ने भएकोले समाजका सबै संस्था र व्यक्तिको सहयोग चाहिएको बताए ।
विशेषगरी अपराध नियन्त्रण, सुरक्षा व्यवस्था र अपराधिक मनोभावनाको अन्त्यका लागि यो अभियान ल्याइएको रेग्मीले जानकारी दिए । संघिय प्रहरी ईकाई कार्यालयमा आयोजना भएको कार्यक्रममा बागलुङका जैमिनी र गलकोट नगरपालिका, काठेखोला, बडिगाड गाउँपालिका लगायतले समुदाय प्रहरी साझेदारी अभियानमा सहमति गरेका थिए । यस अघि बागलुङ नगरपालिका सँग सहमति भैसकेको र अन्य तहमा पनि सहमति गरिने उनले जानकारी दिए ।
केही समययता प्रहरीको काम र क्रियाकलापमा देश व्यापी असन्तुष्टी पनि बढेको थियो । समुदायको सहकार्यमा काम गरेमा आउने असन्तुष्टी कम हुने अनुमान पनि छ । प्रहरी महानिरिक्षकले देश भरीनै यो अभिायन संचान गर्ने आदेश दिएपछि ७७ वटै जिल्लामा एकैपटक अभियान शुरु भएको हो । जिल्लाका सबै राजनीतिक दल, संघसंस्था, कर्मचारी र सामाजिक अभियान्त समेत सहभागि भएर अभियानको थालनी गरिएको हो ।