जोगाऔं पुराना प्रबिधि

बागलुङको वलेवा क्षेत्रमा रहेका चुँदारा समुदायले गर्दै आएको दारका ठेकी बनाउने पेशा पछिल्लो समय संकमा पर्दै गएको छ । बढ्दो आधुनिकिकरण र युवा पुस्तामा आएको बिदेश मोहका कारण सिप हस्तान्तणमा समस्या हुँदा उनीहरुको पेशा संकटमा परेको हो । ठेकी सँगैका अन्य प्रविधिपनि लोप हुन लागेको बेला संरक्षणको आवस्यकता देखिएको छ । पुराना पुस्ता काम गर्न नसक्ने अवस्थामा पुगीसकेका छन । नयाँ पुस्ताले नत आधुनिक प्रबिधिको खोजीगर्न सकेको छ, नत परम्परागत प्रबिधिको सिको नै । जंगलमा पाईने गिठेदारलाई कुँदेर ठेकीको आकार दिने काम सजिलो काम होईन् । अझै ठेकी कुँद्नको लागि आवश्यक पर्ने औजार चलाउने काम निकै चनाखो र बुद्धिमत्ता पुर्ण ढंगवाट चलाउनुपर्ने हुन्छ । सिप र ताकत दुवैको आवश्यकता पर्ने परम्परागत ठेकी बनाउने प्रबिधिमा जोखिम पनि उत्तिकै छ । सानो त्रुटीले मात्रै हजारौं रुपैयाँ खर्चेर ल्याएको काठ त्यसै खेरजाने खतरा रहन्छ भने काम गर्ने कालिगडहरु घाईते हुने सम्भावना समेत रहन्छ ।
बजारमा आएका प्लास्टिक तथा स्टिलका भाँडाको प्रयोगले पनि चुँदारा समुदायले उत्पादन गरेको काठका भाँडाहरुको बजारीकरण कम हुँदै गैरहेको छ । प्राय गरेर दुध र दुधजन्य पदार्थहरुमा प्रयोग हुने काठका भाँडाहरुको बजार घटेका कारण मौलिक सिपलाई प्रयोग गरेर बनाईने काठका भाँडाहरुको बजार संकटमा परेको हो । देशमा राजनितीक परिवर्तन भएपछि कयौं पेशाहरुको संरक्षण र बिकासका लागि लगानी भएका छन् तर घरयासी प्रयोगमा महत्वपुर्ण रहेका काठका भाँडा र ती भाँडाहरु बनाउनेहरु यो पेशापाट पलायन हुँदा समेत कसैको ध्यान जान सकेको छैन् । काठका भाँडा बनाउनेहरुलाई आधुनिक प्रबिधिको प्रयोग गर्न र नयाँ पुस्तामा सिपको हस्तान्त्रण गराउनमा स्थानिय देखी केन्द्र सरकार सम्म कसैको ध्यान पुगेको देखीँदैन् । बिकसीत मुलुकहरुमा मौलिक सिपको संरक्षणको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेका उदाहरण छन् । नेपालमा भने मौलिकता हराउँदै गएर लोप हुने अवस्था सम्म आईपुग्दा समेत त्यस तर्फ कसैको ध्यान पुगेको देखीँदैन् ।
बलेवाका चुँदार समुदायले गर्दै आएको काठका ठेकी बनाउने पेशा संरक्षणको आवश्यकता छ । हिजो काठका भाँडाहरुको जुन महत्व हाम्रो समुदायमा थियो भोलीका लागि पनि सोही अनुसारको आवश्यकता खड्कीने कुरामा कसैको दुईमत छैन् । ठेकी बनाउने पेशाबाटनै आत्मनिर्भर बनाउनका लागि नयाँ युवा पुस्तालाई सिप सिकाउने र बजारीकरणको व्यवस्थापन गर्ने कार्यमा स्थानिय सरकार तथा सरोकारवालाको ध्यान जान जरुरी छ । कुनै निश्चीत समुदायको पेशाको रुपमा रहेको काठ कुँदेर ठेकी बनाउने कामलाई अन्य समुदायमा समेत जीवनजीउने सिपको रुपमा सिकायत गर्न सकिन्छ । थोरै लगानी गरेर मात्रै धेरै प्रतिफल लिन सकिने यस्तो खालको व्यवसायमा सरोकारवालाको ध्यान बेलैमा जान आवश्यक छ । चुँदार समुदायमा हराउयँदै गएको सिप अव उनिहरुको मात्रै चिन्ताको बिषय नभएर हामी सबैको चिन्ताको बिषय हो । यदि पुरानो पुस्ता सकियो र नयाँ पुस्तामा सिप हस्तान्त्रण गर्न सकिएन भने पछि पछुताउनु बाहेक केही बाँकी रहने छैन् । त्यसैले सिप हस्तान्त्रणको बिषयमा बेलैमा सोचौं ।