भक्तपुरबाट हामीले पनि सिक्ने की ?

पार्टी सानो भएपनि राष्ट्रियताका सवालमा नेमकिपा एक उदाहरणीय पाटी पक्कै हो । भारत र अमेरिकाप्रति बढी नै खराब नजर हेर्ने यो पार्टीको यो कुरामा उनीहरूको आफ्नै तर्क छ त्यता नजाउँ । नेमकीपाको संसार भनेकै भक्तपुर हो । काठमाण्डौ आउन नसक्ने पार्टीले केहि गर्दैन भनिन्छ तर जहाँ आफ्नो वर्चश्व छ त्यो आफ्नो कार्य क्षमत देखाउन सकिन्छ जसको उदाहरण नेमकीपालाई हेरौं । यहाँ नेमकीपाको राजनैतिक लाईनको कुरा नगरौं केवल भक्तपुरप्रति उनीहरूको सोच हेरौं । केही महिना पहिला भक्तपुरका मेयर सुनिल प्रजापतिले जर्मन विकास बैंकको पैसा नलिने बरु आँफै काम गर्ने भने भनेर समाचार आएको थियो । खासमा त्यो पैसा नलिनुको केही कुरामा दाताका शर्तहरू पनि प्रमुख रहेछ । पैसा दिने तर अडिट जर्मन मोडेलमा गर्नु पर्ने, स्थानीयलाई निर्णयमा सहभागी नगराई केही दाताका मान्छे र मेयरले गरे हुने, भवनहरू दाताको डिजाईनमा बन्नु पर्ने आदी रहेछन् । यि कुराहरूलाई मेयर सुनिल प्रजापतिले सिधै अस्विकार गरे र तर्क समेत दिए किन नलिने भनेर जुन तार्किक र न्यायोचीत थिए ।

उनको भनाई जुन ठाउँको विकासका संरचना बन्दैछ त्यहाँका मान्छेलाई निर्णय प्रकृयामा नल्याउनु ठीक होईन भने त्यो सही थियो । नेपालको कानुनमा रहेर पैसा लिने जर्मनको कानुन अनुसार अडिट गर्ने ठीक मानेन त्यो पनि ठीक हो । यो एउटा प्रसंग थियो । चार दिन अघि गण्डकी प्रदेशले भारतीय दूतावासमा एम्बुलेन्सका लागी निवेदन हालेको समाचार आएको थियो । हेर्दा सामान्य लागे पनि केन्द्रको माग्ने कल्चर प्रदेशमा सरेको स्पष्ट हुन्छ । कुनै संस्थाले दूतावासमा निवेदन दिनु र प्रदेशले निवेदन दिनु एकै होईन । यसले संघियता कत्तिको आर्थिक रुपले देशका लागी धान्ने खालको रहेछन देखिन्छ । अब प्रमुख बिषयमा जाउँ । भक्तपुरले अहिले गरेका कामका बारेमा खासै चर्चा छैन किन कि नकरात्मक खोज्ने हाम्रो दिचर्या नै भई सक्यो । आँफै एक दिनमा कति श्यर गर्छौ जहाँ नकरात्मकता भएका समाचार छन् त्यसैले देखाउँछ । भक्तपुरका एक जना भाईले टुईटरमा लेखेका थिए कि । भक्तपुरमा हरेक बिहान फोहोर उठाउन अनिवार्य आउँछन् । दिउँसो नेवारी र नेपाली भाषामा घरटोल सफा राखौं भन्दै प्रचार समेत गर्दै माईकिङ गर्छन् । यो कुराले भक्तपुरले कसरी सफा भक्तपुर बनाउन सकेको छ देखाउँछ ।
फोहोर उठाएर यसको मल बनाउँछन् र त्यो फल भक्तपुरबासीले नै किन्छन् । बाहिर पाउने मलभन्दा बीस रूपैया सस्तोमा बिक्री गर्छ नगरपालिकाले । भक्तपुरमा भुकम्पले क्षति गरेका भवनहरू करिब पचहत्तर प्रतिशत बनेका छन् । भक्तपुरले अरू ठाउँमा जस्तो लापरवाही गरेर बनाउन खोजेको भए दुई बर्ष अघि नै सक्थ्यो तर भक्तपुर नगरपालिकाले काम स्थानीय ठेकेदारलाई मात्रै दिन्छन् किन कि भत्केका पुरातात्विक भवनहरू पुरानै शैलीमा बनाउन खोजेका छन् । यसको अर्थ मौलिक परम्परा थाहा हुने स्थानीय नै हुन भने काम पनि स्थानियले नै पाए पछि रोजागारका लागी बाहिर समेत जानु परेन । मौलिकताप्रति भक्तपुरका मान्छेहरूको सोचप्रति नमन नै गर्ने खालको छ । भक्तपुरमा अहिले मासिक रू ५०० मा शिशु स्याहारको कार्यक्रम चलिरहेको छ । बालबालिकाको स्वास्थका लागी भक्तपुरले यो कदम चाल्यो जसका कारण भक्तपुरभित्र स्वास्थ परिचारिकाले काम पाउन थालेका छन् । साना समस्यामा पनि बच्चा बोकेर दौडिन पर्दैन । यो पनि एक उदाहरणीय काम हो ।
भक्तपुर नगरपालिकाले रू ५० मा विशेषज्ञ स्वास्थ सेवा समेत संचालन गरेको छ । यो सेवा खास गरी वृद्धवृद्धाहरूलाई सेवा पुगोस् भनेर गरिएको छ । बालबालिका र वृद्धवृद्धालाई मात्र होईन । भक्तपुरमा हरेक दिन घरघरमा नर्सिङ सेवा समेत थालनीको प्रवन्ध मिलाएको छ । खासमा स्वास्थ क्षेत्रमा बालबालिका युवा र बुढाबुढी सबैलाई स्वास्थ सेवा दिने यि कार्यक्रमले अरूलाई किन सचेत गर्न सकेको छैन । भक्तपुरमा ईन्जिनियरिङ बिषय पढ्न सबैलाई पचास प्रतिशत छुटको व्यवस्था गरेको छ । ठुला साना सबैलाई एकै खाले व्यवस्था होस् भनेर यसरी छुट दिईएको बताउँछन् सुनिल प्रजापतिले । फोहोर थुपारेको मासिक रू पच्चिस दिए पुग्छ । हरेक दिन फोहोर उठ्छ ।

देशका अन्यत्र भन्दा पुराना मठमन्दिर अझ भनौं पुरातात्विक महत्वका भवनहरू भएको ठाउँ भक्तपुरमा पर्यटकको आर्कषकको केन्द्र हो । भक्तपुर सफा र सुन्दर छ । सफा र सुन्दुर प्रकृतिले दिएर पनि डम्पिङ साईड बनेका कालिगण्डकी देखी बागमतिसम्म छन् तर गर्न सक्ने ईच्छा शक्ति भएन । हामीले केवल केन्द्रलाई र सत्तालाई गाली र भण्डाफोर मात्रै गरिरहौं तर आँफै केहि गरेनौं । भक्तपुरमा अब एनजीओ र आईएनजोको संचालन र लगानी बन्द हुँदैछ । अहिले चलेका परियोजना पछि निविकरण नगरेका र नगर्ने निर्यणको परिपत्र गरि सके । देशमा चेतना भन्दा उत्तेजना बढी फैलाउने बिदेशी संस्थाहरूको जालो हात कसरी धुने निहुमा छिरेका छन् । भक्तपुरले बुझ्यो तर हामीले कहिले बुझ्ने ? बिदेशीले यो फैलाए त्यो फैलाए भन्ने आफ्नो जिविकोउपार्जन त्यसैबाट गर्ने हाम्रा बुद्धिजीवीलाई कसले अर्ति दिओस् ।