२०७५ कार्तिक १३ मंगलबारको राशिफल

२०७५ कार्तिक १३ मंगलबार षष्ठी,३० अक्टोवर २०१८
तपाईको आज
मेषः स्वास्थ्य प्रतिकूल, प्राय हर कार्यमा नोक्सानी, सोचेका कार्यलाइ साकार रुप दिन कठिनाई ।
वृषः मानसिक शान्ति भएपनि अनावस्यक वादविवादमा समय बित्ने, आशा गरेको ठाउँबाट काम नबन्ने ।
मिथुनः ख्याति फैलने, मनमा शान्ति मुहारमा कान्ति छाउने, अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
कर्कटः अशुभ खबार सुन्नुपर्ने, मनमा अशान्तिको कालो बादल मडारिने, पारिवारिक सहयोगले महत्वपूर्ण काम बन्ने ।
सिंहः वैचारिक द्वन्द्व , घर बाहिरको बसाइ कष्टप्रद हुने प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
कन्याः अर्थलाभ, पेट वा कम्मरमा पीडा हुने, मनमा उदासताको कालो बादल व्याप्त हुने ।
तुलाः मानसिक असन्तोष , स्वजनसँगै मनमुटावको स्थिति सिर्जना हुने बादबिबादमा फसिने ।
वृश्चिकः आँखामा कष्ट वा समस्या देखा पर्ने,पारिवारिक साथ प्राप्त, अर्थ लाभ सँगै कार्य सिद्धिको योग ।
धनुः आदर सत्कार प्राप्त हुने, आर्थिक कारोवारमा नोक्सानी बेहोर्नुपर्ने, सामाजिक स्थानमा खलबल आउने ।
मकरः खर्चका बाटाहरु लम्बिएर जाने,प्रियजन सँग रमाइलो भेटघाट हुने , कार्यमा अबरोध ।
कुम्भः स्वास्थ्य अनुकूल, शुभ खवरको आगमनले मनमा प्रसन्नता, आफन्तबाटै घातप्रतिघात हुने ।
मीनः आँटेका कार्य अधुरै रहने,स्वास्थ्यस्थितिले भने साथ दिने, सातान्तमा आर्थिक लाभ ।