एभरेष्ट बैंक लिमिटेडद्धारा ट्याब वितरण

ट्याब वितरणको मु्ख्य लक्ष्य सेवालाई छिटो,सरल तथा प्रभावकारी ढंगले अघि बढाउने

बागलुङ, १३ कार्तिक — युके—ए.आइ.डि सक्षम–एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा एभरेष्ट बैंक लिमिटेडद्धारा ट्याब वितरण कार्यक्रम सम्पन्न भएको छ । शाखरहित बैंकिङ्ग सेवालाई छिटो, सरल तथा प्रभावकारी ढंगले सञ्चालन गर्न ट्याब वितरण गरिएको कार्यक्रमका प्रमुख अतिथि तथा शाखरहित बैंकिङ्ग विभागका विभागिय प्रमुख निरन्जन कार्कीले बताए । वितरण गरिएको ट्याब बाट ग्राहकले नजिकैको व्यावसायिक प्रतिनिधिमार्फत सजिलै खाता खोल्न, रकम जम्मा गर्न तथा सजिलै औठा छाप लाएर पैसा निकाल्ने सकिने तथा भारतिय पेन्सनरहरुल अफ्नो नजिकैको व्यावसायिक प्रतिनिधिमार्फत सजिलै पेन्सन भुक्तानी समेत लिन सकिने कार्कीले बताए ।

कार्यक्रम एभरेष्ट बैंक लि. वागलुङ शाखाका शाखा प्रबन्धक शुनिल राज खनालकोे सभापतित्व तथा एभरेष्ट बैंक लि.शाखरहित बैंकिङ्ग विभागका विभागिय प्रमुख निरन्जन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । हाल एभरेष्ट बैंक लिमिटेडले ८२ शाखा, ७ एक्टेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर,११३ ए.टि.एम तथा ४८३ व्यावसायिक प्रतिनिधिमार्फत नेपालमा विश्सनिय तथा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।