श्रमजिवी पत्रकार ऐन प्रभावकारी कार्यान्वन गर्न माग

केन्द्र र मोफसललाई समानरुपले नहेर्न पत्रकारहरुको आग्रह

बागलुङ, १५ कार्तिक — पत्रकारहरुले आफ्नो ज्ञान सिपको प्रयोग गरेर रचनात्मक सिर्जनामा ध्यान दिनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । न्यूनतम पारिश्रमिक निर्धारण समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको श्रमजीवि पत्रकार ऐन र पारिश्रमिकमा पुनरावालोकन कार्यान्वयनको अवस्था,चुनौती र संभाव्यता बिषयक अन्र्तक्रिया कार्यक्रमका बक्ताहरुले पत्रकारीतामा रचनात्मक सिर्जनाको बिकास गर्नुपर्नेमा जोड दिए । मोफसलमा रहेका पत्रकारको अवस्था कमजोर रहेको भन्दै बक्ताहरुले श्रमजिवी पत्रकार ऐन अक्षरश पालना हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमीक समितिका अध्यक्ष गंगाघर पराजुलीले केन्द्र र जिल्लामा पत्रकार र सञ्चार माध्यामहरुको अवस्था अध्ययन गरी ऐनलाई कार्यान्वयनमा ल्याएरै छोड्ने बताए । सबै तहमा काम गर्ने श्रमजिवी पत्रकारहरुको अवस्था समान रहेको भन्दै उनले सबै पत्रकार र सञ्चार माध्यामको हित हुने गरी ऐन कार्यान्वयनमा आउने बताए ।

कार्यक्रममा सूचना तथा प्रशारण बिभागका महानिर्देशक बालकृष्ण घिमिरेले पत्रकारिता क्षेत्रलाई सुधारका लागि लोक कल्याणकारी बिज्ञापनको समानुपातीक वितरण प्रणली अपनाउनुपर्ने बताए । पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता कम रहेको भन्दै उनले स्थानिय क्षेत्रमा महिलाहरुलाई पत्रकारीता सम्बन्धि तालिम दिएर सक्षम बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बागलुङका पत्रकारहरुले जिल्लाका कयांैं सञ्चार माध्यामहरुले तोकीए अनुसारको पारिश्रमीक नदिएको भन्दै तत्काल ऐन कार्यान्वयनमा ल्याएर कार्यान्वयन नगर्ने सञ्चार माध्यामहरुलाई कारवाही गर्नुपर्ने बताए । उनिहरुले केन्द्र र प्रदेशको अवस्थामा सञ्चार माध्यामहरु नरहेको भन्दै सञ्चार माध्यामको सवलीकरणमा समेत जोड दिएका थिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला भण्डारी, पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य हरिनारायण गौतम, पत्रकार महासंघका गण्डकी प्रदेश महासचिव गणेश पौडेल, बानपा ११ का वडाअध्यक्ष ज्ञानेन्द्र गौतम, आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमकुमारी जिसी अञ्जु लगायतले बोलेका थिए । कार्यक्रममा पत्रकारहरु कोपिला कँडेल, संगम घर्तिमगर, प्रदिप पन्त लगायतले बोलेका थिए । पत्रकार महासंघ बागलुङले संयोजन गरेको कार्यक्रमको अध्यक्षता महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले गरेका थिए । महासंघका कोषध्यक्ष बिजय रानाको स्वागत र सचिव रामबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।