नेपाल सम्वत्को अवसरमा बागलुङमा पनि बिबिध कार्यक्रम

बागलुङ, १६ कार्तिक — बागलुङमा नेपाल सम्वत् ११३९ बिबिध कार्यक्रम गरी मनाईने भएको छ । नेपाल भाषा मंका खल बागलुङको मुख्य संयोजन र बिभिन्न संघ संस्थाहरुको सह–संयोजनमा नेपाल सम्वत्को अवसरमा बिबिध कार्यक्रम आयोजना हुन लागेका हुन् । नयाँ बर्ष मनाउनका लागि बनाईएको मुल आयोजक समितिले बिहिबार बागलुङमा पत्रकार सम्मेलन गरेर कार्यक्रमहरु सार्वजनिक गरेको छ । मुल आयोजक समितिका अनुसार आगामि कार्तिक १८ गते शुभकामना आदानप्रदान, कार्तिक २१ गते नयाँ बर्ष मोटर साईकल ¥याली र कार्तिक २२ गते मुल समारोह गर्ने कार्यक्रम तय भएको छ । नेपाल सम्वतको अवसरमा हरेक बर्ष जस्तै यस बर्ष पनि भिन्न तरिकाबाट बिबिध कार्यक्रमको आयोजना गरेर त्रिदिवसीय कार्यक्रम सञ्चालन गर्न लागिएको संयोजक मुकेश चन्द्रराजभण्डारीले बताए । मुल समारोह समितिमा बागलुङमा क्रियाशिल नेवार समुदाय सँग सम्बन्धित पाँच वटा सामाजिक संस्थाहरुले सहकार्य गर्ने राजभण्डारीले बताए ।

नेपाल भाष मंका खल मुल संयोजक रहेको मुल आयोजक समितिमा नेवा–ल्याम्ह पुचः बागलुङ, नेवा मिस दवु, ज्ञानोदय बुद्ध बिहार बागलुङ, नेवा मुक्ति मोर्चा बागलुङ र शंखधर बहुद्देश्यीय सहकारी संस्था बागलुङ उप संयोजक रहेका छन् । बागलुङ जेसिजको संयोजनमा मोटर साईकल ¥यालि हुने मुल समारोह समितिले जनाएको छ । मुख्य कार्यक्रममा नेपाल सम्बत्को सुरुवात, नेवार समुदायको सांकृतिक महत्व झल्कीने भेषभुषा लगायत नेवार संकृतिको प्रदर्शन गरीने आयोजकले जनाएको छ । सबै कार्यक्रमहरु १ लाख ५० हजार खर्चेर सम्पन्न गर्ने योजना आयोजकले बनाएको छ । मुल समारोहका लागि बागलुङ बजारको मुख्य चोकमा सरसफाई गरीने आयोजकले जनाएको छ ।