ताराखोलामा पिकभ्यान दुर्घटनाहुँदा छ जना घाईते

घाईते सबैको अवस्था सामान्य

बागलुङ, १६ कार्तिक– जिल्लाको ताराखोलामा शुक्रबार बिहान पिक अप भ्यान दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । ताराखोला गाउँपालिकाको नाङ्गीबाट गल्कोट नगरपालिका तर्फ आउँदै गरेको ग १ च ११३४ नम्बरको पिक अप जिप नाङ्गीको उत्तरपानीमा दुर्घटना भएको हो । घाइते हुनेहरुमा कोपिला घर्ती, धन कुमारी रोका लिलामती बि.क यमुना रोका, धनमाया बिक र चालक पृथ रोका रहेका छन् । दुर्घटनापरी घाईते भएका सबैको हटिया पोलिक्लिनिकमा उपचार भैरहेको छ । उनिहरु सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
भ्यानमा सवार सबै जना समान्य घाईते भएको भएपनि कसैलाई पनि ठुलो चोट लागेको छैन् । स्टेरिङ बन्द भएका कारण पिक अप भ्यान बाटोबाट केही तल पल्टिएको थियो । भ्यानका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणाले बताए ।