काग्रेसको शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न

बागलुङ, १७ कार्तिक — नेपाली काग्रेस बागलुङको आयोजनामा शुक्रवार शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । दशै,तिहार,नेपाल सवंत र छठ पर्वको अवसर पारेर शुभकामना एवं चियापान कार्यक्रम गरेको काग्रेसले जनाएको छ । कार्यक्रममा बोल्दै सभापति दिपेन्द्रबहादुर थापाले चाडपर्वले नेपाली हरुबीच सदभाव, एकता, सहिष्णुता कायम गर्नुपर्ने बताए । साथै यस्ता खाले चाडपर्वले मौलिक धार्मिक एवं साँस्कृतिक,सामाजिक एकताका साथै एक आपसमा सुख,शान्ति समृद्धि ल्याउन पहल गर्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु, प्रदेशसभाका सदस्यहरु, स्थानीय तहका जनप्रतिनिधि लगाए बिभिन्न राजनैतिक दलका प्रमुख ,सरकारी कार्यालयका प्रमुख,सघंसस्थाका प्रमुख एवं प्रतिनिधि पत्रकार लगाएत अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो । कांग्रेसले हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण पछाडि सारेको हो । विसं २०३३ मा कांग्रेसका संस्थापक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ । केन्द्रीय तहमा हुने चियापानलाई जिल्ला तहले पनि निरन्तरता दिन थालेको हो । कार्यक्रमको संचालन पार्टी सचिव नवराज पौडेलले गरेका थिए ।