ताराखोला गाउँपालिकाको कृषि योजना

हरेक घरका किसानलाई व्यवसायिक बनाउने योजनाको लक्ष्य

बागलुङ, १७ कार्तिक — ताराखोला गाउँपालिकाले कृषिबाटै आर्थिक समृद्धिको योजना सहितको काम थालेको छ । गाउँपालिका भित्रका सबै वडाबासीलाई कुनै न कुनै कृषि फसल गरेर आम्दानी गर्न सघाउने योजना समेत बनाएको हो । आलुखेतीमा चर्चा कमाएको ताराखोलामा अलैची र लसुन उत्पादनलाई पनि जोड दिइएको छ । हरेक घरका किसानलाई व्यवसायिक बनाउने लक्षले गाउँपालिकाले कृषि प्रविधि, मल र बीउमा सघाउने नीति समेत बनाएको अध्यक्ष प्रकाश घर्तीले बताए । केही बर्ष अघिदेखिनै काम गरिरहेकालाई पनि सहयोग गरेर थप उत्पादन गर्ने बनाउन पहल भएको हा । गाउँपालिकाले आलुको जोन बनाउने पहल थालेपछि आलु उत्पादन गर्दै आएका किसानको उत्साह पन िथपिएको छ । त्यस्तै अलैचीको उत्पादन दोब्बर बनाउने लक्ष समेत राखेको बताए । आलुका लागि गाउँपालिकाका सबै वडा र अलैचीका लागि अर्गल, सिले, भुस्कात र माझखर्क गाउँ छुट्टयाइएको छ । हाल ५ लाख बढी विरुवा लगाईसकिएको अलैचीलाई बढाउन नर्सरी पनि तयार गरिएको छ । त्यस्तै दुइवटा वडाका सबै घरमा अनिवार्य लगाउन आर्थिक र प्राविधिक सहयोग जुटाउने प्रतिवद्धता गाउँपालिकाले दिएपछि किसान उत्साही भएका हुन् । क्षेत्रफल प¥र्याप्त भएको, उचित हावापानी र सिंचाईको सुविधाले दुवै फसलको जोन बनाउन सकिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘कृषि पेशामा लागेकाहरु कृषिबाटै धनी बन्नुपर्छ भन्ने मान्यताले लगानी बढाएका छौं’ घर्तीले भने, ‘त्यसका लागि गाउँपालिका सहित प्रदेश र केन्द्रीय सरकारको लगानी पनि भित्राउने तयारी छ ।’ गाउूपालिकाले ताराखोलामै किबी र लसुनको ब्लक बनाउने तयारी गरेको छ । गाउँपालिकाले कृषि प्राविधिक राखेर सबै किसानको बारीमा नियमित अनुगमन गर्ने, उत्पादन बढाउन आवस्यक मल र बीउ उपलब्ध गराउने काम समेत थालिसकेको हो ।

घरघरमै कृषि व्यवसायी उत्पादन गरेर समृद्धिको गाउँपालिका बनाउने कार्यपालिका सदस्यले संकल्प लिएको उपप्रमुख दिलकुमारी पुनले बताईन् । ‘कोही पनि खाली हात नबस्ने, कृषि उत्पादन गरियो भने केही बर्षमै धनी बनिन्छ’ उनले भनिन्, ‘कृषि उद्यममा छुटेकाले पनि अन्य व्यवसाय गर्नैपर्छ ।’ कृषिमा आधारित उद्यममा अनुदानको व्यवस्था गर्ने र अन्यलाई आवस्यकता अनुसारको सहयोग गर्ने गाउँपालिकाले नीति लिएको हो । ताराखोलामै किबीको सफल परिक्षण भएको छ । राम्रो फलेको देखेपछि गाउूपालिकाले अनुदान समेत दिएर किसानलाई उत्पादन बढाउन लगाएको छ । लसुनको अत्याधिक उत्पादन गर्न सकिने भएकोले युवालाई बीउ र प्रविधि हस्तान्तण अभियानै चलाएको घर्तीले बताए । द्वन्द्वपिडित, दलीत र आर्थिक रुपमा कमजोर परिवारका सदस्यलाई कृषि र पशुपालनको काम गर्दा अनुदान दिने नीतिले उत्साह समेत थपिएको छ । कृषि प्राविधिक पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिने गरी चालु बर्षदेखि ३ लाख रुपैयाू बिनियोजन समेत गरेको हो ।
उत्पादीत आलु र लसुन स्थानीय जातकै लगाईने व्यवस्था गरिएको छ । बाँझो जमिन नराख्नेगरी स्थानीय जातकै बोडी, सिमी र भटमास लगाउन पनि किसानलाई प्रोत्साहन गरिएको उनले बताईन् । कृषिका हरेक फसल उत्पादन गर्न चाहनेलाई आवस्यकता अनुसारको अनुदान र प्राविधिक सहयोग गर्ने नीति बनाएपछि धेरैमा उत्साह थपिएको उनले बताईन् । गाउँपालिकाकै अगुवाईमा कृषि उपचार शिविर, स्वच्छ मासुका लागि तालिम र केही विक्रि केन्द्र, आधुनिक वधशाला समेत बनाउन लागेको उनले बताए । चालु बर्षका लागि गाउँपालिकाले कृषि फसल वृद्धिकालागि मात्र ७२ लाख रुपैयाँ बिनियोजन गरेको हो ।