बडिगाडमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक गम्भिर घाईते

तुरतुरे घुम्न आएका दम्पत्ती दुर्घटनामा परे

बागलुङ, १७ कार्तिक– बागलुङको बडीगाड गाउँपालिकामा शनिवार दिउँसो मोटर साईकल दुर्घटनामापरी एक जनाको मृत्यु भएको छ । बाडीगाड गाउँपालिकाको संघार भन्ने ठाउँनजिकै लु ६ प ८१३७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा गुल्मिको मुसिकोट गाउँपालिका–६ की ४० बर्षिया मेनुका शर्माको मृत्यु भएको हो । दुर्घटनामा परी उनका श्रीमान ध्रुब शर्मा गम्भिर घाईते भएका छन् । घाईते शर्मालाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बाल रनरसिंह राणाले जानकारी दिनुभयो । बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा बनेको तुरतुरे ताल हेरेर फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको मोटर साईकल बडीगाड २ संघार रहेको आकाशे पुल नजिकैबाट करीब १ सय मिटर तल बडीगाड खोलामा खसेको थियो । मोटरसाईकमा सवार दुवै जना मध्ये मेनुकालाई बडिगाड खोलाले बगाएर केही तल पु¥याएको र उनका श्रीमान ध्रुव शर्मा खोला किनारमा गम्भिर घाईते अवस्थामा स्थानियले भेटेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।