अाँगनमा खेलिरहेका बालकलाई चितुवाले लग्दा…

सन्धिखर्क, १७ कात्तिक – अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। अर्घाखाँचीको भुमिस्थानमा स्थानीय मदन घिमिरेका ४ वर्षीय छोरा आर्यनको चितुवाको आक्रमणबाट मृत्यु भएको हो। चितुवाले लगेपछि गाउँलेहरूले घाईते अवस्थामा बालकको उद्दार गरेका थिए। बालकको उपचारका क्रममा सन्धिखर्क अस्पतालमा मृत्यु भएको हो।