संवेदनहिन बन्दै समाज

आजकल सामाजिक संजाल हेर्ने हो भने थाहा हुन्छ कसको भावना के छ । अहिले दिनप्रतिदिन मान्छेहरू संबेदनसिल हुनुपर्ने हो तर त्यसको ठिक बिपरित संबेदनहिन बन्दै गैइरहेको देखिन्छ ।केही दिन अघि देशका प्रधानमन्त्री केपी शर्मा ओली अचानक बिरामी परेर अस्पतालमा उपचार भइरहेको खबर बाहिर आएपछि दुई थरि प्रतिक्रिया बाहिर आयो । एकथरी नेकपा समर्थकले प्रधानमन्त्री ओलीको स्वास्थ लाभको कामना गरे सामाजिक संजाल र अनलाइन मिडियामा फरकफरक खबरले बजार छायो । अहिले एकजना अनलाइन मिडियाको संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रधानमन्त्री केपी ओली को अस्पतालमा मृत्युु भएको खबरको कारणले अस्पतालमा मात्रै भर्ना भएका प्रधानमन्त्री ओलीको मृत्युु भएको खबर प्रशारण भए पछि नेपाली जनताले हार्दिक श्रद्धाञ्जली भनेर प्रतिक्रिया दिएको देखियो ।देशमा हत्या हिंसा आतंक नातावाद कृपाबाद मच्चाउने सरकार प्रमुख मृत्युु भएकोमा खुशी ब्यक्त गरेको देखियो ।जुन कुरा सामाजिक संजालमा आए यसबाट के कुरा बुझ्न जरुरी छ भने अहिले नेपाली जनताहरू बामपंथीदलको दुई तिहाइको सरकार संग सन्तुष्टि छैन भन्ने कुरा स्पष्ट हुन्छ ।एकत अहिले अनलाइन मिडियाले सामाजिक संजाल छाएको छ आफ्नो अनलाइन पपुलर बनाउन नयाँ नयाँ खबर दिने नाममा देशको प्रधानमन्त्रीको मृत्यु भएको खबर समेत हावाको भरमा पोष्ट गर्ने जुन कच्चा काम भएको छ यसबाट के कुरा स्पष्ट हुन्छ भने अहिले पत्रकारिताको मुल्य मान्यता सिद्धान्तको कुरा मात्रै कागजी कुरामात्र हो भन्ने समेत देखिन्छ । हिजो नेपाली जनता सामुमात्र हैन बिश्व समुदायको माझपनि इतिहास बनाउन सफल प्रधानमन्त्री केपी शर्मा ओली प्रति नेपाली जनताको अहिले दिनप्रतिदिन घृणा र आक्रोश बढ्दै गइरहेको छ । अहिले किन यसरी जनताले हिजो माया गरेका केपी लगायतका नेतालाई गाली गरिरहेका छन् यो कुरा बुझ्न जरुरी छ ।जनता संग हिजोको दिनमा गरेको बाँचा कबोल सबै भुलेको कारण सबै सबै काम भनेको भन्दा उल्टा गरेको कारणले यतिबेला जनता असन्तुष्ट बनेका हुन् । चुनावमा नेपाली जनता माझ भाषण गर्दै केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्रुयाउने मात्रै हैन घर घरमा पुगेर नमस्कार गर्दै हातहातमा हालिदिने भनेर जुन कुरा केपी ओलीले प्रतिबद्धता जनाएका थिए त्यो कुरा पूरा गर्ने तर्फ कुनै वास्ता गरेनन् कारण अहिले सरकार दुई तिहाइको छ हामीले जेजस्तो गरेपनि हुन्छ भन्ने मानसिकता भएको देखिन्छ । अहिले त सामान्य मानिसले सम्म सडक सडक चोक चोक गल्ली गल्लीमा बसेर प्रधानमन्त्री ओली लाई गाली गलौज मात्रै हैन पायो भने ठिक गरेर छोड्ने कुरा गरिएको सुनिन्छ ।जुन कुरा अहिले बाहिर आयो यसलाई अबश्यपनि राम्रो मान्न सकिदैन ।
नेपाली जनता उपचार नपाएर त्यसै मर्नु परिरहेको समयमा भने प्रधानमन्त्री ओलीको उपचारका ठूलो रकम खर्च भएको कुरा बाहिर आइरहेको छ ।

प्रधानमन्त्री ओली यसअघि पनि पटक–पटक बिरामी बनेका कारण विदेशमा कयौँ पटक उपचार गरिसकेका छन् । केही समयअघि ओलीका लागि मात्रै करिब १८ करोड रुपैयाँ उपचारमा खर्च भएको मन्त्रिपरिषद्ले नै हिसाब देखाएको थियो । त्यतिबेलाको हिसाबअनुसार उनले पटक(पटक गरी लगभग १८ करोड रुपियाँ खर्च गरेका छन् । यो हिसाबकिताब पनि २०७२ सालसम्मको हो ।जुन नेतालाई जनताले बिश्वास गरेर देशको जिम्मेवारी दिए आज तिनै नेताको चालचलन देखेर वाक्य दिक्क भएका छन् । अहिले त्यहीँ भएर ओली प्रति नकारात्मक बन्न पुगेको हो भन्ने कुरामा शंका छैन । नातावाद कृपावाद फरियावादले आकाश छोइसकेको छ इतिहासमै शक्तिशाली सरकार भनेर जतिसुकै भने पनि अहिलेको सरकार इतिहास कै सबैभन्दा कमजोर र नालायक सरकार हो भनेर घोषणा गर्दा अब फरक पर्दैन । एकजना बलात्कार गर्ने मान्छेलाई पक्राउ गर्न सक्ने हैसियत छैन। यो सरकार को निर्मला पन्तको बलात्कार पछि हत्या भएको पनि १ सय दिन नाघिसकेको छ अहिलेसम्म हत्याकाण्ड ओझेलमा छ ।जावो एकजना बलात्कारी संग डराउने सरकार छ अहिले सरकार भन्दा ठेकेदार शक्तिशाली छ आज सरकार भन्दा गैरसरकारी संस्था शक्तिशाली छ आज सरकार भन्दा सुन तस्कर शक्तिशाली छ आज सरकार भन्दा बलात्कारी हत्यारा शक्तिशाली छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरिरहेको छ ।अहिले सरकारलाई बलात्कारी चलाउछ ठेकेदारले चलाउछ अहिलेको सरकारको काम भनेको मात्रै यस्तै यस्तैहरूको संरक्षण गर्ने भन्दा अर्को थोक केही पनि भएको छैन । समाजवादको सपना देखाएर नेपाली जनतालाई मुर्ख बनाउन लागेको कुरा नेपाली जनताले बुझेपछि यस्तो सरकारलाई गालि गर्नु भन्दा अर्को केही बिकल्प छैन ।देशमा बिपक्षी दलको भुमिका केही पनि छैन मात्रै नाममात्रको बिपक्षी भुमिकामा काङ्ग्रेस देखिन्छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवा र काङ्ग्रेस नेता रामचन्द्र पौडेल आआफै लड्न ठिक्क छ नेपाली जनताको माग बारे बोल्न फुर्सद नै छैन । सबै ठाउँबाट आशा नदेखेपछि नेपाली जनता यतिबेला संबेदनसिल हैन संबेदनहिन बन्न बाध्य भएका हुन् भन्ने कुरा बुझ्न जरुरी छ ।