धन्वन्तरि र आरोग्य दिवस

आयुर्वेदका प्राचीन ग्रन्थहरु सुश्रुत संहिता,चरक संहिता,काश्यप संहिता,अष्टाङग संग्रह,अष्टाङग हृदय,माधव निदान आदीमा धन्वन्तरिको मत भनि उल्लेखित अनेकौ सन्दर्भहरु पाइन्छन् । ब्रहमवैवर्त पुराणमा सूर्यका शिष्य धन्वन्तरिले “चिकित्सा तत्तव विज्ञान” नामक तन्त्र वनाएको प्रसंङग पाइन्छ भने भोज प्रवन्धमा राजा विक्रमादित्यका नौ रत्न मध्ये एक आयुर्वेदका ज्ञाता धन्वन्तरि भएको उल्लेख छ । बाल्मीकि रामायण श्रीमद्भागवत, महाभारत, स्कन्ध पुराण, गरुड पुराण, बराह पुराण, हरिवंश पुराण, आग्नेय पुराण, व्रहम पुराण, विष्णु पुराण, मत्स्य पुराण आदि पौराणिक ग्रन्थहरुमा समुन्द्र मन्थनवाट प्रादुर्भुत अमृत कलशधारी धन्वन्तरिको वर्णन गरिएको पाइन्छ ।
यसरी आयुर्वेद प्रवर्तक धन्वन्तरिको प्रादुर्भाव पछि विभिन्न कालमा आयुर्वेद तथा शल्यशास्त्रका सर्वश्रेष्ठ व्यक्तिलाई धन्वन्तरि भन्ने उपाधि दिएको र धन्वन्तरि नामका अनेक व्यक्तिहरु भएको वुझिन्छ । जे होस धन्वन्तरिको अस्तित्तव र महिमा एक स्वीकृत तथ्य भएकाले वहाँ चिकित्सक तथा स्वास्थ्यकर्मी हरुका साथै सु—स्वास्थ्य र दीर्घ जीवन चाहने सम्पूर्ण मानव द्धारा नित्य स्मरणीय र प्राथनीय हुनुहुन्छ । यसर्थ प्रतिवर्ष शरद ऋतुमा कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात यम पञ्चकको पहिलो दिन आयुर्वेद संस्थाहरु एवं आस्थावान व्यक्तिहरुद्धारा आयुर्वेद प्रवर्तक धन्वन्तरिको स्मृतिमा विभिन्न कार्यक्रम सहित पुजा—अर्चना गरी एकआपसमा दीर्घयु एंव सु—स्वास्थ्य कामना गर्दै धन्वन्तरि जयन्ती मनाउने प्रचलन रही आएको छ ।
यसै सन्दर्भमा १८ वर्ष अघि देखिको निरन्तरता बोकेको विजया आयुर्वेद फर्मा वागलुङले यही ऐतिहासिक तथ्यलाई दृष्टिगत गरि आफ्नो वार्षिको उत्सव श्री धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका अवसरमा नै मनाउने भएको ले वागलुङमा २०५९ साल कार्तिक कृष्ण त्रयोदशी तिथीमा पहिलोपटक विजया आयुर्वेद फर्मा कै आयोजनामा भव्य तरिकाले धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाएका थियौ । श्री धन्वन्तरि जयन्ती एवं राष्ट्रिय आरोग्य दिवसको पुनित अवसर पारेर सम्पूर्ण मानव मात्रका आरोग्य विधाता आयुर्वेद प्रवर्तक श्री धन्वन्तरिको पुजा आरधना गर्दै आएको पनि १७ औं शरद वितेछ । यो धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य बागलुङमा सत्रौं औषधीहरु मानव स्वास्थयका लागि दिर्घकालीन रुपमा पनि हितकर हुने तथ्यको पुष्टि भएकोले यस्ता औषधीको माग र महत्तव दिनानु दिन बढ्दै गइरहेको छ । बागलुङमा पनि स्वास्थ्य संग सचेत नागरिकहरुले आफ्नो स्वास्थ्य उपचार आयुर्वेद चिकित्सा पद्दती द्धारा गराउने र आयुर्वेद औषधी नै सेवन गर्ने भएकोले विजया आयुर्वेद फर्मा बागलुङमा आयुर्वेद उपचार गर्नेको संख्या ह्वतै बढेको छ । आयुर्वेदको समुचित विकास विस्तार एंव सदुपयोग गरेमा बागलुङ र बागलुङ वासीको जीवन गुणस्तरीय एंव समुन्नत वनाउन सकिने निश्चित छ । आयुर्वेदमा वताइएका स्वस्थ वृत्त सम्वन्धी दिन चर्या, रात्री चर्चा, ऋतु चर्या, आचार—रसायन आदि व्यावहारिक आचरयाहरु पालना गर्नु व्यक्तितग,पारिवारिक सामाजिक एवं राष्ट्रिय स्वास्थ्यका लागि अत्युपयोगी हुने छ । अन्त्यमा बागलुङ नगरपालिकालाई र जिल्लालाई स्वस्थ्य र आयुर्वेदको जिल्लाको रुपमा पहिचान गराउने सन्दर्भमा राजनैतिक नेत्तृत्व देखि नीति योजना रणनीति कार्यक्रम निर्माताहरु, व्यवस्थापक तथा सर्वसाधारण सवैले क्षणिक लाभ र सजिलो हेरेर सधै परमुखापेक्षी परनिर्भर बनिरहने मानसिकता त्याग्न सक्नु परेको छ । त्सका लागि सर्व प्रथम हामीसँग भएको प्रकृति प्रदत्त जडिवुटी, जल, जमीन, हिमाल जस्ता सम्पदाहरु तथा सिर्जजशील जनशक्तिको समुचित विकास, परिचालन र दिगो सदुपयोग गरी क्रमशः आत्मनिर्भर बन्दै जाने स्पष्ट सोच र त्यसलाई व्यवहारमा उतार्ने साच्चिकै प्रतिबधता हुनुपर्छ । हाम्रो जिल्लाको स्वास्थ्य समस्याको दिगो र भर पर्दो समाधान तथा विभिन्न क्षेत्र वर्गको समग्र एवं समानुपातिक विकासका लागि आयुर्वेद र जडिवुटीको सही ज्ञान, प्रचार—प्रसार एवं सदुपयोग गर्नु आवश्यक छ । स्वास्थ्य मानिसको नैसर्गिक अधिकार हो । मानव जीवन र राष्ट्रको आर्थिक,सामाजिक विकासको आधार भएकोले स्वास्थ्य प्रत्येक देश र जनताको सर्वोपरि उन्नतीका लागि अपरिहार्य आवशयकता हो ।
(लेखक श्री धन्वन्तरि स्वास्थ्य सहकारी संस्था बागलुङका अध्यक्ष हुनुहुन्छ ।)