सरकारी कार्यालयको प्रगति विवरण पेस

सवै कार्यलयको कार्य विवरण जनता सामु पु¥याउने कार्यक्रमको लक्ष्य

बागलुङ, १९ कार्तिक —जिल्लाका सरकारी कार्यालयले एक महिनाभरी गरेका कामको प्रगती वितरण तथा समिक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा सूचना अधिकारी, कार्यालय प्रमुख र पत्रकारबीचको अन्तरक्रियामा असोज महिनाभर गरिएका कामको समीक्षा गरिएको हो । कार्यक्रममा सबैजसो कार्यालयले सम्पादन गरेका कामको प्रगती वितरण सुनाएका थिए । उक्त अवसरमा जिल्ला प्रशासन कार्यालयले असोज महिनाभरमा ३ सय ७ वटा नागरिकता वितरण गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले बताए । उक्त अवसरमा उनले कार्यालयले महिनाभर गरेका कार्यवितरण पेश गरे । पन्तका अनुसार असोज महिनामा प्रशासन कार्यालयले १७ लाख ६८ हजार ५ सय रुपैयाँ राजश्व संकलन समेत गरेको छ ।

त्यस्तै जिल्लामा भएका घटना र अपराध नियन्त्रणका लाग भएका गतिविधि बारेमा प्रहरी उपरिक्षक दिपक रेग्मीले विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले नियमित सूचना अधिकारीको समीक्षा र कार्यप्रगती बनाउने पद्धतीले पारदर्शीता बढाउने धारणा राखे । धौलागिरी अञ्चल अस्पतालका अध्यक्ष केवी रानामगरले अस्पताल सुधार गर्न आँफूले पहल गरेको भन्दै कर्मचारीले पनि सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा सिंचाई डिभिजन प्रमुख खगेन्द्र तुलाचन र शिक्षा बिकास तथा समन्वय ईकाईकी अधिकृत सरिता शर्माले बोलेका थिए । प्रजिअ खरेलको अध्यक्षता, सूचना अधिकारी पन्तको संचालनमा कार्यक्रममा सम्पन्न भएको थियो ।