राम्चेढुङगाबाट प्यारागलाईडिङको उडान परिक्षण सफल

प्यारागलाईडिङ उडान सफल भएपछि पाईलट र सहभागीलाई भव्य स्वागत
बागलुङ, १९ कात्तिक – गलकोट नगरपालिका- ७ मल्म स्थित पर्यटकीय स्थल राम्चेढुङगाबाट प्यारागलाईडिङको सफल परिक्षण भएको छ । प्रथम गलकोट महोत्सवको अवसरमा गलकोट आएका पाईलटद्वय दुर्योधन खडका र निरन्जन कुॅवरले राम्चेढुङगाबाट उडान गरि वडा नं ९ को बाॅसखोलामा अवतरण गराएका थिए ।
प्यारागलाईडिङमा चर्चित मोडल तथा गायक दुर्गेश थापा र घुम्टे युवा परिवारका उपाध्यक्ष एवं चर्चित भलिबल खेलाडी जीवन साहानी सहभागी थिए । समुन्द्र सतह देखि १ हजार ८ सय ८८ मिटरको उचाईमा अवस्थित उक्त स्थानबाट प्यारागलाईडिङ उडान गर्न गलकोट नगरपालिका वडा नं ७ को वडा कार्यालय र राम्चेढुङगा पर्यटन विकास केन्द्रले व्यवस्थापन गरेको थियो ।
प्यारागलाईडिङ उडान पुर्व विधिवत रुपमा पुजा आजासॅगै पाईलट र सहभागीहरुलाई वडा सरकार र स्थानियले फुल माला अविर र खादा लगाई भव्य स्वागतगरेका थिए । प्यारागलाईडिङको परिक्षण उडान सफलता पुर्वक सम्पन्न भएपछि वडा नं ९ को कार्यालयमा वडा अध्यक्ष तेज बहादुर थापा सहित स्थानियले भव्य स्वागत सहित बधाई ज्ञापन गरेका थिए ।
यता, गलकोट नगरपालिका ७ मल्मको आॅगाखेतमा पनि वडा नं ७ को आयोजनामा पाईलट दुर्योधन खडका, निरन्जन कुॅवर र प्यारागलाईडिङमा सवार चर्चित मोडल तथा गायक दुर्गेश थापा र घुम्टे युवा परिवारका उपाध्यक्ष तथा खेलाडी जीवन साहानीलाई बधाई तथा शुभकामना प्रदान गर्यो । सो अवसरमा नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश सभासद थम्मन थापा सन्देशले शुभकामना मन्तव्य राखेका थिए ।
बधाई ज्ञापन कार्यक्रममा जनप्रतिनिधि, स्थानियबासी लगायतको उपस्थिति रहेको थियो । बधाई ज्ञापन कार्यक्रम गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता, सदस्य लोक बहादुर थापाको स्वागत र सचिव महेन्द्र पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।