भिलेनमा निखिलको फरक लुक्स

बागलुङ, २० कार्तिक – निखिल उप्रेती अभिनीत चलचित्र ‘भिलेन’ को फस्र्टलुक पोस्टर रिलिज गरिएको छ । पोस्टरमार्फत उनको चरित्र प्रस्ट्याउन खोजिएको छ । फस्र्टलुक पोस्टरसँगै चलचित्रको रिलिज डेट पनि तय गरिएको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको ‘भिलेन’ पुस २७ गेत प्रदर्शन हुने बताइएको छ ।
अभिनेता उप्रेती गत वर्ष प्रदर्शनमा आएको ‘पिंजडा ब्याक अगेन’ पछि पुनः ‘भिलेन’मा देखन लागेका हुन् । चलचित्रमा निखिलसँगै शिल्पा पोखरेल, निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् ।