निसीखोलामा भिरबाट लडेर एक जनाको मृत्यु

बागलुङ , २१ कार्तिक– निसीखोला गाउँपालिकामा भीरबाट लडेर एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ भल्कोटका ३८ वर्षीय गणेश घर्ती मगर रहको प्रहरीले जनाएको छ । सोमबार साँझ घरदेखि टाढा रहेको गोठमा रहेका गाईवस्तुलाई घाँसपात गरेर घर फर्किंदै गर्दा भीरबाट लडेर मृत्यु भएको निसीखोला गाउँपालिका–६ का वडा सदस्य हेमबहादुर बुढा मगरले जानकारी दिए । उनी भीरबाट करिब २० मिटर तल खसेका थिए । उनको शव मंगलबार मात्रै फेला परेको प्रहरीले जनाएको छ । घर्तीलाई साँझ अबरेसम्म परिवारले पर्खिएको र फोन गर्दा पनि नउठाएपछि परिवारका सदस्यहरु खाना खाएर सुतेको बताइएको छ। बिहान अबेरसम्म पनि नआएपछि उनकी श्रीमती र स्थानीयले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा भीरको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।