डेंगु फैलिन नदिन सतर्कता

म्याग्दी, २२ कार्तिक — पोखरा आसपासमा फैलिएको डेंगु रोग फैलन नदिन म्याग्दीमा सतर्कता अपनाईएको छ । लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट बच्नका लागि सरोकारवालाई जानकारी गराउन बेनी अस्पताल र स्थानीय तहका स्वास्थ्थ संयोजकलाई सोमबार रोग सम्वन्धी अभिमुखिकरण गरिएको हो । तराई क्षेत्र हुदै पहाडमा डेंगु रोग देखिन थालेपछि सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले जिल्लामा अभिमुखिकरण कार्यक्रम सुरु गरेको हो

। सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय बेनीमा मन्त्रालयका खोप अधिकृत एकनारायण लम्साल र स्वास्थ्थ निरिक्षक मनुराज बरालको उपस्थितमा जिल्लाका डाक्टर र स्थानीय तहका स्वास्थ्य संयोजकलाई जानकारी गराईएको थियो । लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको उपचारको पहिचान भएको छैन । न्युनिकरण गर्न र रोग फैलन नदिन डेंगु रोग सम्वन्धि स्थानीइ तहमा अभिमुखिकरण कार्यक्तम गरिएको खोप अधिकृत लम्सालले बताए । लामखुट्टे टोकाईबाट बच्ने उपाय सम्वन्धि जानकारी गराउन अभिमुखिकरण प्रदेश सुरु गरेको हो ।