‘पञ्चकोट पर्यटकिय गन्तव्यमा नपर्नुमा सांसदहरुको कमजोरी’

विभिन्न कला कौशलद्धारा निर्मित मन्दिर नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत परिचित गराउन सक्ने सम्भावना

बागलुङ, २२ कार्तिक – संघीय सरकारले सार्वजनिक गरेको १०० पर्यटकीय गन्तब्य स्थलको सूचीमा विश्व शान्ति सर्वसिद्धधाम पञ्चकोट नपर्दा स्थानीयबासीले दुःख व्यक्त गरेका छन् । जिल्लाको पर्यटकिय क्षेत्र मध्य महत्वपुर्ण मानिने पञ्चकोट नै पर्यटकिय गन्तव्यमा पर्न नसक्नुमा सांसदहरुको कमजोरी रहेको उनीहरुको भनाई छ ।
बागलुङका ४ स्थानलाई सुचिकृति गरेता पनि ऐतिहासिक तथा धार्मिक महत्व रहेको पञ्चकोटलाई सरकारले पर्यटकिय गन्तव्यमा सुचिकृत नगर्नू बिडम्बनाको बिषय भएको स्थानीयबासीले बताए । स्वामी कमलनयनाचार्यको अगुवाईमा धार्मिक महत्चको ताराजाल कोट कारिकोट रायराय कोट माझकोट र संसारकोटको संरक्षण तथा विकास गर्न उद्येश्य तथा विश्वकै ठुलो कलस विश्वशान्ति कलश निमार्ण गरी यस क्षेत्रलाई धार्मिक प्रर्यटकिय क्षेत्र निमार्ण गर्न लक्ष्यका साथ निमार्ण थालनी गरिएपनि सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्र ओझेलमा परेको छ ।

हिन्दु र बौद्ध धर्मालम्बीहरुको प्रमुख धार्मिक गन्तव्य बनाउनेगरी यहाँ कोट संरक्षण तथा मठमन्दिर आकर्षण शैलिमा निमार्ण भैरहेका छन् । २०७१ सालमा तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएतका दर्जनौ उच्च पदस्थका व्यक्तिहरु आएर यहाँको विकासको लागि सहयोग गर्ने बाचा गरेपनि अहिले पर्यटकिय क्षेत्रमा नसमेटिनु सरकार तथा केन्द्रिय जनप्रतिनिधिको ठुलो कमजोरी भएको बागलुङ नगरपालिका ६का कृष्ण प्रसाद आचार्यले बताए ।
पञ्चकोटमा अहिलेसम्म गरुडशिला, शिसमहल, हनुमानको मुर्ति, अतिथि विश्रामस्थल लगाएतका संरचनाको निमार्ण भैसकेका छन । साथै पञ्चकोट मध्येको एक कारिकोटमा पर्यटन वोर्डको ५० लाख सहयोगमा दुर्गा भवानीको मन्दिर तथा सत्तल निमार्ण भएको छ भने हालैमात्र पुरातत्व विभागको १८ लाख तथा पर्यटन वोर्डको ७ लाखको सहयोगमा कलात्मक मन्दिर निमार्ण तथा मन्दिर परिसरमा ढुङ्गा छपाईएको छ ।
यस कोटमा परम्परादेखीनै नवदुर्गा भवानी तथा कारिकोट भुमेको पुजा आरधाना गरिदै आएको छ । १०८ फिट अग्लो कलश तथा ५ हजार ५सय ५५ केजिको घण्ट तथा अन्य विभिन्न देविदेवताका मन्दिर निमार्णं गर्ने लक्ष्य राखिएको छ । विभिन्न कला कौशलद्धारा निर्मित मन्दिर नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत परिचित गराउन सक्ने सम्भावना भएपनि यस क्षेत्रको संरक्षणमा सरोकारवाला निकायले चासो नदेखाएको विश्वशान्ति सर्वसिद्धि धामका प्रतिनिधि अध्यक्ष ऋषी प्रपन्नाचार्यले बताए ।

पञ्चकोट ५ कोटको स्वरुप हो । यहाँ १८ तथा १९औँ सताव्दीका घण्टीहरु अहिले पनि छन् । पुरातात्विक तथा पर्यटन बोर्डले लगानी गरेको पुरातात्विक स्थानलाई सरकारले सुचिकृत नगरेकोमा दुखित भएको स्थानीयबासीले बताएका छन् । पञ्चकोटको वास्तविकतालाई सांसदहरुले नबुझ्दा यस क्षेत्रको पर्यटकिय क्षेत्रको विकासमा बाधा पुगेको बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष तथा सर्वसिद्धधामका उपाध्यक्ष खिमराज सापकोटाले बताए ।
यस क्षेत्रको विकासको लागि हालसम्म करिव १० हजार सहयोगदाताले करिव १५ करोड आर्थिक सहयोग तथा श्रमदान गरिसकेका छन । १०८ फिटको विश्व शान्ति कलशको निमार्णको लागि करिव २ सय करोड लाग्ने अनुमान गरिएको छ । ऐतिहाँसिक महत्व बोकेको र देश तथा विदेशमा समेत चर्चामा आइसकेको यस क्षेत्रलाई देशका १ सय पर्यटकिय गन्तव्य सुचिमा राख्न नसक्नलेु यहाँका माननियको कार्य क्षमता माथिनै प्रश्न उठेको स्थानीयको आरोप छ । उनीहरु भन्छन, १५ जना सांसदले पनि केही गर्न सकेनन् ।