कथा : रिजेक्टेड

जति उमेर वढ्दै जान्छ, डर पनि वढ्दै जाँदो रहेछ है, उसैले लेखी, त्यो बेला तिमीसँग जोडिन यो संसारसँग लड्न सक्छु जस्तो लाग्थ्यो तर, अब त तिमीसँग कतै जोडिउँलाकी भनेर डराउँछु।

त्यो पल म जति लजाएकी थिएँ, त्यो भन्दा बढी मनमा काऊकुति लागेको थियो, रमिताले पुराना दिनलाई सम्झँदै टेक्स्टमा लेखी, जवान केटासँग सिधा आँखा जुध्दा एउटी कुमारी केटीलाई कहाँकहाँ काउकुति लाग्छ भन्ने त्यसैदिन मात्रै महशुस भयो।
लुकीछिपी कुरा हुन्छ रमितासँग। नडराई कुरा गर्ने अवसर मैले नै गुमाएको हुँ। मैले त ऊसँग कुरा गर्ने आँट पनि गर्ने थिइनँ। तर उसैले सुरु गरेपछि सजिलो भएको छ। केही अप्ठेरो पनि थपिएको छ। पत्नीका आँखा छल्नुपर्छ।
जति उमेर वढ्दै जान्छ, डर पनि वढ्दै जाँदो रहेछ है, उसैले लेखी, त्यो बेला तिमीसँग जोडिन यो संसारसँग लड्न सक्छु जस्तो लाग्थ्यो तर, अब त तिमीसँग कतै जोडिउँलाकी भनेर डराउँछु।
यति बिहानै जिस्किने मुडमा हो तिमी ? मैले लेखेँ।
जिस्कन न त आँट नै छ न त अधिकार, तैपनि मनको कुरा बताएकी मात्रै हुँ।
उसको मनमा कति लामो कुरा छ, मलाई अनुमान छैन।
भित्तामा झुण्डिएको घडि हेरेँ। सबा ५।
उसको नोटिफिकेसनले मात्रै ब्यूँझिएको। नत्र त आठ बजेसम्म सुतेको हुन्थेँ।
तिमी एक्लै हो? मैले लेखेँ।
तिमीले साथ छाडेपछि एक्लै त भएँ नि।
अब त विवाह पनि गछ्र्यौ होला नि? मैले सोधँे, तिमीले पढाउने कलेजमा थुप्रै प्रोफेसर वा आइएनजिओमा ठूलै हाकिमहरु पनि अनम्यारिड होलान् नि ?
मलाई किताब पढेका विद्वान होइन, मेरो मन पढेको इडियट मन परेको थियो।
उसले कति सजिलै जवाफ दिई।
फेसटाइम गराैं? मैले कुरा मोड्न खोजेँ।
अनुहार हेर्यो भने म त्यतिमा रोकिन सक्दिनँ, भो टेक्स्ट नै ठीक छ।
उसले अझै चांडै कुरा मोडी। मोरीले मलाई पो काउकुति लगाई।
रोकिन सकिनौ भने पनि नो प्रोब्लम, म जिस्किएँ।
म्याडमले तिमीलाई आगो सल्काउलिन्।
घरमा छैनन्, मैले आश्वस्त पार्न चाहेँ।
त्यही थाहा पाएरै त बिहानै टेक्स्ट गरेको। नत्र त दिउसो गर्थेँ।
उनी छैनन् भनेर कसरी थाहा पायौ ?
लेट नाइटसम्म तिम्री पत्नी ह्याभिड फन एट माइती भनेर फेसवुक लाइभ गर्दै थिइन्।
*********
रमिताको मेसेज आउनु र औंसी, पूर्णिमा आउनु उस्तै लाग्छ मलाई। करिव दुई हप्ताको अन्तरालमा मात्रै उसको मेसेज आउँछ।
मैले यसअघि नै उसलाई सोधेको थिएँ, किन तिमी हप्तौसम्म मलाई सम्झन्नौ ?
सम्झेको होइन, विर्सन नसकेको भनेर बुझ्यौ भने राम्रो होला, उसले भनी, सायद तिमीले त मेरो मेसेज हेरेपछि मात्रै सम्झिन्छौ होला, तर म त सधै सम्झिरहन्छु।
उसको मनको मायाको पोखरीमा मलाई पौडिरहेको महशुस भयो। उसँग सबैथोक छ, तर अझै पनि मेरो लागि तड्पिरहेकी छे जस्तो लाग्छ। जब हामी सँगै हुन सकेनौं, तब उसले मेरो बारेमा धेरै भन्दा धेरै सोधखोज गर्न थालेकी थिई।
*******
के भो? लामो समयसम्म जवाफ नपाएपछि सोधी, म्याडम आउनु भो ?
होइन, विगतपटि हराएछु।
तिमी यसैगरी असमयमा हराउँछौ र त समस्या हुन्छ, ऊ जिस्किई।
यस्तै छु म, छोटो जवाफ लेखेँ।
के गर्दै छौ अचेल? फेरि सोधी।
नरेशले भन्यो होला नि अस्ती। मैले यत्ति लेखेँ।
नरेश हामी दुवैको साथी। हामी दुईबीचको कुरा साटासाट गराउने उही थियो, अझै छ। हाम्रो कुरा उसले हामीलाई बाहेक अरु कसैलाई सुनाउँदैन। जब रमिताले नरेशलाई भेट्छे उसले नरेशका बारेमा भन्दा बढी मेरो बारेमा सोध्छे।
अँ उसलाई सोधेकी थिएँ, उसले त सबैकुरा भन्यो। तैपनि तिमीलाई सोध्न मन लागेर नि, उसले थपी।
त्यस्तै हो, मैले टार्न खोजेँ।
तिम्रो कुरा मैले बुझ्छु रबि। उसले फेरि मन पोख्न थाली। मेरो कारणले तिम्रो सुन्दर संसारमा बाधा नआओस् भन्ने म चाहन्छु। तिम्रो परिवारको खुसी मेरो पनि खुसी हो। तिमीलाई खुसी देख्दा मलाई पनि खुसी लाग्छ। तिमी रमाएको सुन्दा म पनि फुरुंग हुन्छु।
मलाई थाहा छ, तिमी मेरो राम्रो मात्रै सुन्न चाहन्छ्यौ। राम्रो देख्दा, सुन्दा खुसी हुन्छ्यौ। म पनि त तिम्रो खुसी देख्न चाहन्छु नि।
भो गफ नदेऊ। मेरो खुसी चाहने भए तय भएको विवाहलाई व्रेक गर्ने थिएनौ।
सत्य बोली।
मैले किन रमितालाई छाडेर सिर्जनासंँग विवाह गरे ?
यो प्रश्नले अहिले पनि मलाइ पोल्छ।
जवाफ मनमा छ तर, आफैंलाई दिन डराउँछु। तर, यथार्थवाट कतिदिन भाग्न सकिन्छ र ?
रमितासँग विवाह तय गरेको भोलिपल्ट साथीमार्फत सिर्जनाको कुरा आएको थियो। सिर्जनाको परिवार काठमाडौको हुनेखाने वर्गको थियो। रमिता गाऊँवाट आएर काठमाडौंमा भर्खर संघर्ष गर्दै थिई। रमितासँग विवाह गर्दा ऊप्रतिको दायित्व आउँथ्यो तर, सिर्जनालाई विवाह गर्दा दाइजोमा घर, गाडी, प्रतिष्ठा सव एकैपटक आउने थिए।
म लोभिएँ।
तर, सत्य भना‌ भने अहिले पछुताउदैंछु। सिर्जनासँग विवाह गरेर सवै कुरा त पाएँ तर, स्वाभिमान गुमाएँ। मैले आफ्नै जीन्दगी गुमाएँ। सिर्जनाको आज्ञा पालक मात्रै वनेँ। चित्त वुझ्दैन। तर, रमितासँग यी कुरा शेयर गरेर लज्जित हुन सक्दिनँ। मैले तय भएको विवाह ब्रेक गरेपनि उसले आफ्नो लक्ष्य व्रेक गरिन। निरन्तर लागी। बिहान कलेजमा केही कक्षाहरु पढाउँछे, दिउँसो आइएजीओमा काम गर्छे। आफ्नै वलवुतामा काठमाडौंमा घर वनाई। गाडी चढेर हिंड्छे।
आफ्नै वलवुतामा जीवन परिवर्तन गर्न सकिदोरहेछ त। मैले किन छोटो वाटो अपनाएँ होला ?
कहिलेकाँही आफैसँग प्रश्न गर्ने गरेको छु। जब तिमी मेरो घरमा माग्न आयौ, जिन्दगीमा पहिलो पटक त्यति धेरै खुसी भएकी थिएँ, किनकी मैले तिमीलाई मन पराएकी थिएँ।
मनमा त्यो दिनका दृश्य केहीवेर खेलें।
फेरि पढेँ। उसले लेखेकी छे , जव विवाह तय भयो, नयाँ संसारको कल्पना गरेकी थिएँ, यत्तिकै नाचौं नाचांै जस्तो भएको थियो। तर, जव नरेशले तिम्रो परिवर्तित निर्णय सुनायो, हो त्यही दिनबाट मेरो खुसी हरायो।
मलाई झन्झन् अपराधवोध भयो। आफैंलाई एकपटक रमिताको पति र अर्कोपटक सिर्जनाको पतिको रुपमा दुई ठाऊँ उभ्याएर हेरँे। रमिताको पति भएर उभिएको कल्पना गर्दामात्रै पनि धेरै सम्मान महशुस भयो।
निकै दिन लामो कुराकानी भएन। हाय हेल्लोमै सीमित भयो।
निकै समय पछि मैले नै टेक्स्ट लेखेँ।
यो टेक्स्टमा होइन, म तिमीसँग भेटेर कुरा गर्न चाहन्छु।
उसले खुसी भएको इमोजी पठाई।
लेखी, यू आर वेलकम एट माई हाउस एनी टाइम।
खुसी भएर उसको घर पुगेँ। हातमा फूलको वुके र चकलेट पनि थियो।
ढोका खोली। रातो वनपिसमा निकै सुन्दर देखिएकी थिई।
ह्याप्पी वर्थ डे रमिता।
फूल दिएँ।
मैले जन्मदिन सम्झिएकोमा खुसी व्यक्त गरी।
म जन्मदिन त मनाउँदिन तर, पनि तिमीले सम्झियौ, खुसी हुँदै भनी, मेरो जन्मदिनमा फूल र गिफ्ट पाएको यो नै पहिलो पटक हो।
केहीवेर गफ भए। रमिताले पकाई। मैले सघाएँ। रमाइलो भयो। यो घरमा निकै सम्मानित महशुस गरेँ।
निकै समय बितेपछि मैले विदा मागे‌।
राम्ररी जाऊ, सम्झियौ भने जहिले आएपनि हुन्छ, उसले आँखामा आँखा जुधाएर भनी, तिम्रो लागि यो घरको ढोका खुल्ला रहनेछ।
म यही मौकाको प्रतीक्षामा थिएँ म।
एउटा कुरा भनौ ?
जति पनि भन, मलाई मेरा कुरा भन्न र तिम्रा कुरा सुन्न सधैं मन पर्छ, उसले सहजै भनी, त्यही भएर त तिमीले रिजेक्ट गरेपनि मैले कहिल्यै तिमीलाई विर्सिइन।
म अव तिमीसँग विवाह गर्न चाहन्छु।
मेरो मुखवाट अकस्मात खुस्कियो।
अनि तिम्री पत्नी ?
मैले ऊसँग डिभोर्स गरिसकेँ, एक शासमा मैले भनेँ।
रमिताको अनुहार एकाएक वदलियो। खुसीले या आवेगले? छुट्याउन सकिनँ।
मलाई निहालेर हेरी। सोधी, तिमी के सुन्न चाहन्छौ ?
म त यस सुन्न चाहन्छु।
ऊ केहीवेर आफूभित्र हराई।
मुस्कुराई । वोली, मेरो जवाफ हो, नो।
म केही वोल्नै सकिनँ।
मैले तिमीलाई यस भनेको भएपनि हुन्थ्यो, फेरि वोली, तिमीले मलाई रिजेक्ट गरेका थियौ, ममाथि के वित्यो होला भन्ने तिमीले पनि महशुस गर्नुपर्छ।
म नवोली वाहिरिएँ। ढोकासम्म सँगै आई।
ढोका लगाउनु अघि भनी, तिमीलाई एउटा साथीको रुपमा जहिले आएपनि ढोका खुल्ला रहनेछ।
जीन्दगीमा फर्किएर गइनँ। रिजेक्टेड न परेँ।
साँच्ची, रमिताको जीन्दगीमा कोही आयो कि आएन होला ?