चर्चित तर आझेलमा ५ प्रसंग

प्रसंग १ः कता हरायो पञ्चकोट
सरकारले देशको १०० स्थानलाई पर्यटन केन्द्र घोषणा गरेको कुरा सबैलाई अवगत नै छ । यतिबेला १०० वटा केन्द्रमध्ये बागलुङको पन्चकोट किन परेन भनेर चारैतिरबाट प्रश्न उठीरहेको छ तर गतिलो जवाफ कतैबाट आएको छैन । बागलुङ जिल्ला कै भैरवस्थान, गाजाको दह लगायत पर्यटकीय स्थल गन्तव्यमा छनौट हुँदा नेपालकै चर्चित पर्यटन केन्द्रको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको सर्वसिद्वीधाम पन्चकोट १ सय स्थानमा पर्न नसक्नुमा यतिबेला जिल्लाबाट संघिय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने माननीय सांसदहरूले प्रभावकारी भुमिका खेल्न नसकेको कारणले छनौट नभएको भनेर बागलुङे जनताले भनिरहेका छन् । तर यसको जवाफ भने जनप्रतिनिधिले हलुका ढंगले दिइरहेका छन् यसलाई अब दोस्रो चरणमा पार्ने भनेर भन्दै हिडिरहेका छन् । बागलुङ जिल्लाबाट राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभा गरि ३ तहमा १५ जना माननीय सांसदले प्रतिनिधित्व गर्छन् तर जिल्लाको विकासको सवालमा भुमिका लगभग शून्य नै देखिन्छ ।
कसैलाई सरकारको मन्त्रीमा आफु नपरेको भन्दै अब मन्त्री मण्डल फेरबदल भए कसरी मन्त्री बन्न सकिन्छ भन्ने बारेमा नेताको चाकडी चाप्लुसी गर्न मै समय सकिन्छ अनि कतिवेला गर्छन् जिल्लाको बारेमा चिन्तन मनन् प्रमुख कुरा यहीँ हो यतिबेला पन्चकोट सरकारले गन्तव्यमा नराखेपनि यहाँ दैनिक सयौं पर्यटक आउने घुम्ने क्रम जारी छ । सरकारका प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली सहितको दर्जनौं नेता शासक प्रशासकले संयुक्त रूपमा शिलान्यास गरेको पन्चकोटलाई जसरी हुन्छ सम्पन्न गर्न यसलाई सहयोग गर्न निर्वाचनको समयमा समेत प्रधानमन्त्री ओलीले भनेका थिए तर कुरा कसैले सुनेको महसुस भएको देखिएन । यतिबेला पन्चकोट राजनीतिको शिकार बनेको हो कि भन्ने आशंका बढेको छ ।

 प्रसंग २ः लाचार जनप्रतिनिधि
हाम्रो देश नेपालमा जनप्रतिनिधिबिहिन भएको २० बर्षपछि बल्लतल्ल स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधि पाउन सफल भयो । यसलाई सकारात्मक भनेर भनिरहेको समयमा यतिबेला जनप्रतिनिधि निर्वाचित भएर आएपछि नेपाली जनताले राहतभन्दा आहत महसुस गर्न थालेका छन् । देशमा सबैभन्दा बढी भाडभैलो भएको नगरपालिका मध्ये अग्रपंक्तिमा पर्दै आएको बागलुङ नगरपालिका जनप्रतिनिधि आएपछि आफै ठिक हुने जुन अनुमान जनताले गरेका थिए त्यो सबै पानी–पानी साबित भएको छ । बागलुङ नगरपालिकाका यतिबेला बामपन्थी जनप्रतिनिधिको बाहुल्यता रहेको छ, मेयर जनक राज पौडेल काम गर्ने भनेर अगाडि बढेपनि अहिलेसम्म माखो मार्न सकेको देखिएको छैन । २० बर्ष पुरानो कर्मचारी अनि अन्यत्रबाट आएका कर्मचारीकै कारणले काम गर्न गाह्रो भएको भनेर मेयर पौडेलले भन्दै हिडिरहेका छन् न त काम गर्न सक्छन् न त कर्मचारीलाई ठिक पार्न सक्छन् । कर्मचारीकै कारणले यतिबेला जनप्रतिनिधि पंङ्गु बन्दै गइरहेको छ भनेर बजारमा आफ्नै पार्टी स्तरमा समेत टिकाटिप्पनी भइरहेको छ न त पार्टीले केही भन्न सक्छ न त जनप्रतिनिधिले नै केही गर्न सक्छन् । एकैपटक २२ जना कर्मचारी हाजिर भएर बेपत्ता हुन्छन् न त स्पष्टीकरण, न त कार्वाही नै कर्मचारी र जनप्रतिनिधिकै कारणले नगरबासीले कामकाजको सास्ती बेहोर्नु परिरहेको छ ।
 

प्रसंग ३ः रातारात अनुगमन
यतिबेला बागलुङ बजारमा शान्ति सुरक्षा मजबुत भएको महसुस जनताहरूले गरिरहेका छन् । यतिबेला बागलुङ जिल्लामा बागलुङकै बेदप्रसाद खरेल प्रमुख जिल्ला अधिकारीमा सरूवा भएर आएपछि के साँझ के बिहान जतिसुकै बेला पनि प्रजिअ खरेलको सक्रियता बढेपछि जिल्लामा शान्ति सुरक्षा मजबुत भएको भनेर भनिरहेका छन्भने कतिपयले चाहिँ जुन–जुन निकाय जे–जे कामको लागि खतिएका छन् तिनको भुमिका त्यहीँ अनुसार भए सबै ठिक हुने कुरा बताइरहेका छन् । राती मापसे चेकदेखि मोटरसाइकलको लाइसेन्स चेकजाँच समेत प्रजिअले गर्न थालेपछि यो त भएन है प्रजिअको पोजिसनलाई सुहाउँदो काम भएन यदि सबै काम प्रजिअले गर्नुपर्ने भए अरू निकाय किन चाहियो भन्ने प्रश्न उठेको छ ।
हो जिल्लामा सुधार गर्नुपर्ने कुरा धेरै छन् । यसको लागि सबै सरोकारवाला निकाय इमान्दार र जवाफदेहिता हुन जरुरी छ । सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई जसरी हुन्छ सफल बनाउने काम सबै सरकारी सेवा सुबिधा खाने कर्मचारी बर्गको हो । जिल्लामा रहेका राजनीति पार्टी उपभोक्ता नागरिक समाज सबैले जिल्लामा काम गर्ने वातावरण बनाउन जरुरी छ । राम्रो काम गर्नेलाई हौसला नराम्रो गर्नेलाई दण्ड सजाय गर्ने होभने एकजना सिडिओ साहेव रातबिरात नसुतिकन हिडिरहनु पर्ने छैन । एक जना ब्यक्तिले आमुल परिवर्तन गर्न गाह्रो छ सबैको साथ र समर्थन लिएर अगाडि नबढेसम्म संभव छैन । अहिलेको सरकारले केही गर्नुपर्ने हो त्यो गर्न सकेको देखिएन त्यसकारण गाउँ–गाउँमा सिंहदरबार पुगेको महसुस गराउन पनि जनतालाई परिवर्तनको छनक दिनसक्नु पर्छ ।
 

प्रसंग ४ः सस्तो बजार
सरकारले नेपाली जनताले चाडपर्व रमाइलोसंग मनाओस् भन्ने उदेश्यले राजधानी लगायत देशभरि नुन चिनीमा केही राहत दिएर पसल खोल्नु सकारात्मक पक्ष हो तर यसपटक खुलेको सरकारी पसल भने लगनपछिको पोटे जस्तो साबित भएको छ । कहिँ नभएको जात्रा बागलुङ बजारमा भनेपनि फरक नपर्ने भएको छ । जतिबेला सस्तो पसलबाट नुन चिनी बितरण हुनुपर्ने हो त्यो बेलामा भएन दशै पुरै सकिएपछि नेपालीको अर्को चार्ड तिहारको सरकारी बिदा हुनुभन्दा मात्रै दुई दिन अगाडि बडो तामझामका साथ प्रमुख जिल्ला अधिकारीबाट उद्घाटन गरेर खुलेको साल्ट टेड्रिङ लिमिटेड बागलुङ पसल एक त शुरू भएको धेरैलाई थाहा नै भएन अर्को जुन बर्गलाई भनेर पसल खोलियो त्यो बर्गले न त चिनी किन्न पाए न त सस्तो नुन देख्न पाए, मात्रै खाली प्रचार–प्रसारको लागि मात्रै हल्ला खल्ला गर्नुको केही अर्थ छैन । त्यहीँ पनि केही किलो चिनी र केही पोका नुन किन्न उपभोक्ताहरू टेक्सी चढेर २ घण्टा लाइनमा बसेर किने अनि यसपालिको तिहार मनाए । सरकारले काम त ग¥यो तर धेरै ढिलो यस्तो तरिकाले काम गर्दा नत जनताबाट जस पाउन सक्छ न त सरकारले भनेको लक्ष्य पूरा हुन सक्छ । जनताको सरकार आएको बेलामा यस्तो बजार बागलुङ नगरपालिकाको प्रत्येक वडा–वडामा १० वटा स्थानीय तहमै खोलेर जनतालाई राहत दिने काम गर्न सक्यो भने मात्रै ठिक हुनेछ ।

 प्रसंग ५ः लामो पुलका कुरा

बागलुङ जिल्ला झोलुङे पुलको जिल्ला भनेर परिचय दिइरहनु पर्ने नाम हैन । आजकल बागलुङ जिल्लाको भन्दा बढी चर्चा परिचर्चा यतिबेला पर्वतको छ त्योपनि लामो झोलुङे पुलको कारणले हो यतिबेला पर्वत सदरमुकामदेखि बागलुङ जोड्ने पर्वतकै एक गाउँबाट अर्को गाउँ जोड्ने केही थान झोलुङे पुलको कारणले यतिबेला पर्वतमा आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन भ्याइनभ्याई भएको खबर सुन्दा समेत बागलुङेहरूले कसरी बागलुङलाई राम्रो बनाउने भन्नेमा खासै चिन्तन मनन गरेको देखिएन धेरै पटक बागलुङदेखि पाङ बागलुङदेखि नाग्लीबाङ जोड्ने लामो झोलुङे पुलको चर्चा भए पनि त्यो अहिलेसम्म शुरूवात हुन सकेको छैन । केही दिन अगाडि फेरि बागलुङ बाट पर्वतको पाङसम्म जोड्ने लामो झोलुङेपुल बनाउन सरकारी स्तरमा नापजाँच भएपछि भने बागलुङबासीमा एउटा आशा पलाएको छ । साँच्चै यतिबेला आफ्नो ठाउँमा कसरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भन्ने चिन्तन मनन् नगरेसम्म केही हुनेवाला छैन । अहिले जुन चर्चा पाङ जोड्ने पुलको भएको छ, यो अहिले नेपाल कै लामो र अग्लो हुने हुँदा यसले राम्रो संग पर्यटन तान्न मद्दत पु¥याउने छ । यसलाई जसरी पनि पुल निर्माण शुरू गर्ने गराउने भुमिका सरोकारवालाले गर्न जरुरी छ ।