अजै गाँउ समाजमा रहेको छुवाछुत हटाउने प्रयास

बागलुङ, ३० कार्तिक — बागलुङ जिल्लाको पश्चिम क्षेत्र निसीखोला गाउँ पालिका वडा नम्बर (५ बाट स्थानीय जनप्रतिनिधि जनजाती बाट वडा सदस्यमा निर्वाचित भएका तेजिन्द्र पुन मगरले दलितहरुलाइ आफ्नै घरमा बोलाएर स्थानीय रुपमा हुने खानाहरु दलितलाइ नै आफ्नै चुलोमा पकाउन लगाएर सङ्गै बसेर खाना खाएको छन । आज उनले निसीमा दलितहरुको नेतृत्व गरि रहेका निसीखोला गाउँ पालिका वडा नम्बर(५का दलित सदस्य चुले कामी ,निसी दलित युवा क्लबका अध्यक्ष भरतसिह सुनार,जनसेवा युवा क्लबका अध्यक्ष तारा बहादुर बिश्वकर्मा,निसीखोला संचार प्रा।ली।का अध्यक्ष एबम सन्चारकर्मी कुमबिर बिश्वकर्मा र अन्य स्थानीय दलितहरुलाइ घरमा निम्तो दिई उनले खाना खुवाएको हुन। उनी वडा सदस्य भए पछि विशेष गरि दलित,आदिवासी जनजाति र गरिब जनताको बिषयमा सधै वडा कार्यालय र गाउँ पालिकामा आबाज उठाइ रहेको उनले बताएका छन।निसीखोला गाउँ पालिका वडा नम्बर(५ ,मा जातीय छुवाछुत,लैङ्गिक बिभेदहरु अन्त्य गर्ने अभियान चलाउनेको साथै निसीखोला गाउँ पालिका वडा नम्बर (५ लाई जातिय छुवाछुत मुक्त समाज बनाउने उद्देश्य राखेरअब युवा एकता गर्दै गाउँ मै स्वरोजगार बनाउन तत्परता रहेको उनले बताएको छन ।

निसीमा रहेका दलित ,जनजाति आर्थिकको पहुँच बाट कमजोर तथा गरिबिको कारणले गर्दा यि युवाहरुले आफ्नो घर परिवार र आफ्नो जिबनलाइ जोखिम मोल्दै बैदेशिक रोजगारीमा मात्र जाने प्रवृत्ति रहेको र घर परिवारमा राम्रो बाताबरण मिलाउन सकिरहेको छैनन् । वडा सदस्य पुनले सोही कुरालाइ मध्यनजर गर्दै उनले अबका दिनहरुमा दलितहरु आफ्नो घरको कमि कमजोरिलाइ सुधार्दै जाने शिक्षा र सरसफाइमा बढी जोड दिने समेत निर्देशन दिएको छन ।
रात्रीकालिन भोज सौहार्द पुर्ण बाताबरणमा सम्पन्न भएको थियो।