मोडल तथा गायिका श्रीषा कुँवर

हल्का हल्का उदाउँछ जुन वारीमा, खोला पारीमा लगायतका चर्चित गीतमा काम गरेकी मोडल तथा गायिका श्रीषा कुँवर मोडलिङ र गायनलाई सँगसँगै अगाडि बढाइरहेकी छन्। पोखरामा छायांकन भइरहेको नयाँ चलचित्रमा श्रीषाले दयाहाङ राई लगायतका चर्चित कलाकारसँग अभिनय गरिरहेकी छन्। उनै श्रीषाले अभिनय गरेको ‘त्यो पारी पाखामा’ बोलको गीत सार्वजनिक भइसकेको छ।
पोखरामा छायांकन भइरहेको नयाँ चलचित्रमा श्रीषाले दयाहाङ राई लगायतका चर्चित कलाकारसँग अभिनय गरिरहेकी छन्। उनै श्रीषाले अभिनय गरेको ‘त्यो पारी पाखामा’ बोलको गीत सार्वजनिक भइसकेको छ।गायक राजेश गुरुङको स्वर रहेको गीतमा राजेन्द्र गौतमका शब्द समावेश छन्। भिडियोमा श्रीषालाई जीवन भट्टराइले साथ दिएका छन्। जसमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ भने गायक तथा संगीतकार तुला पर्वतले संगीत भरेका छन्। गीतको भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका छन्। राहुल बराइलीले निर्देशन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजारमा ल्याएको हो।