पूँजी व्यवस्थापनमा सहकारीको भुमीका महत्वपुर्ण

सहयोगीको २१ औं साधारणसभा

बागलुङ, १ मंसिर–सहयोगी बचत तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभा शनिवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बक्ताहरुले सहकारीले साना पूँजीको व्यवस्थापनमा खेलेको भुमीकामो प्रशंसा गरे । सहकारी मार्फत यत्रतत्र रहेको पूँजीको व्यवस्थापन र रोजगारीको सिर्जन ागर्न सहज हुने भन्दै बक्ताहरुले लगानि र बचतमा मात्रै सहकारी अल्झिन नहुनेमा जोड दिए । कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बागलुका अध्यक्ष दिपक गौतमले सहकारीहरुको बार्षिकोत्सव सँगै नयाँ बर्षमा प्रबेश गर्दा नयाँ उत्पादनमुलक कामको थालनी गर्न आग्रह गरे । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष गोविन्द प्रसाद शर्मा, अध्यक्ष महेन्द्र सिंह रायमाझी र सदस्य वद्री प्रसाद पौडेल लगायतले बोलेका थिए । सहकारीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर ज्येष्ठ शेयर सदस्य ,असल कारोवार सदस्य, असल बचत कर्ता र एसईई परिक्षामा उच्च अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको थियो ।

२८ जना शेयर सदस्यबाट आफ्नो प्रारम्भीक यात्रा थालेको सहकारीले शेयर सदस्य संख्या बृद्धिलाई प्राथमीकतामा रखेको जनाएको छ । हाल सम्म २ सय ३ जना शेयर सदस्य रहेको संस्थामा शेयर पूँजी मात्रै ३१ लाख २ हजार ७ सय रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष गोविन्द प्रसाद शर्माले बताए । गर्त आर्थिक बर्षमा २ लाख ७ हजार ८ सय १७ रुपैयाँ मुनाफा कमाएको संस्थाले २३ लाख ८६ हजार ९ सय ५६ आम्दानी र २१ लाख ७९ हजार १ सय ३९ रुपैयाँ खर्च गरेको जनाएको छ । शेयर सदस्यहरुबाट बचत तथा ऋणको कारोवार गर्दै आएको संस्थाले आर्थिक बर्ष ०७४÷०७५ मा ४ करोड भन्दा धेरैको कारोवार भएको जनाएको छ । संस्थाका अध्यक्ष महेन्द्रसिंह रायमाझीको अध्यक्षता , बद्री प्रसाद शर्माको स्वागत मन्तव्य र रामप्रसाद उपाध्यायको संञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।