गुल्मिकी ८२ बर्षिय महिला बडिगाडखोलामा मृत फेला

माईला छोराले गरे शवको पहिचान

बागलुङ, ३ मंसिर–बागलुङको बगिडा खोला किनारमा सोमबार बिहान एक महिला मृत फेला परेकी छिन् । गुल्मीको मालिका गाउँपालिका ६ की ८२ बर्षिया श्रीकला जिसी बडिगार्ड खोला किनारमा मृत फेला परेकी हुन् । सोमबार बिहान बडिगाड गाउँपालिका ५ जोगी बगरमा उनको शव फेला परेको जिल्ला प्रहरी कर्यालय बागलुङले जनाएको छ । विहान ७ बजेको समयमा खोला किनारमा महिलाको शव फेला परेपछी स्थानियले प्रहरीलाई खवर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले शवको पहिचानका लागि स्थानियलाई आग्रह गरेपछि छिमेकी जिल्ला गुल्मीको मालिका गाउँपालिकाबाट आएका मृतकका माईला छोारा ढाल बहादुर जिसीले आफ्नी आमा भएको पहिचाहन गरेका थिए । प्रहरीले मृतकको शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमीक स्वास्थय केन्द्रमा पठाएको जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङकना प्रहरी नायव उपरिक्षक बालरणसिंह राणाले जानकारी दिए । जिसीको मृत्यु कर्तव्य वा भवितव्य भन्ने बिषयमा अनुसन्धान भैरहेको राणाले बताए ।