कविता : ए बावु ऊठ !

ए बावु ऊठ !
ए बाबु ऊठ न ऊठ
घुम्टेको शिरमा घामको
झुल्कोले अँगालो हाली सक्यो
हटियाबाट छुटेको जिपले
घोडाबांधेको नेटो काटी सक्यो
एयरपोर्टबाट ऊडेको जहाजले
नेपाली भुमी छोडी सक्यो
ए बाबु ऊठ न ऊठ
बाबा मर्निड वाल्कबाट
फर्की सक्नु भो
आमा मन्दीरबाट
फर्की सक्नु भो
तिमी ओछ़़्यानबाटै
जिन्दगीका मिठा सपना देखिरहेका छौ
यो कसरी सम्भव छ ?
निदाएर देखेको सपना
निदाएरै साकार पार्न
यात्राको तय नगरी
गन्तब्यमा पुग्न
निदाएको बेला देखेको सपना
ब्युझिदाखेरि हराऊछ
त्यसैले ऊठ न बाबु ऊठ
ब्युझेरै सपना देख
साकार पार्नको लागी लाग
मेहनत गर लक्ष्यमा पुग।