पर्यटकीय क्षेत्र घुम्टेको लेकसम्म सडक सञ्जाल विस्तार हुंदै

घुम्टेमा मोटरबाटो पुर्याउने उदेश्यले यस बर्ष गलकोट नगरपालिकाबाट रु. ८ लाख बजेट बिनियोजन गरिएको छ ।

बागलुङ, ६ मंसिर – पर्यटकीय क्षेत्र घुम्टेको लेकसम्म सडक सञ्जाल विस्तार गर्न गल्कोट नगरपालिकाले काम सुरु गरेको छ । पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले काम सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । गलकोट घुम्टे पर्यटन बिकास केन्द्रले आयोजना गरेको टेउवा(घुम्टे पर्यटन मार्गको शिलन्यास कार्यक्रममा बोल्र्दै नगरप्रमुख गैरेले यो कामले गति लिने वताए । घुम्टेको लेकमा मोटरबाटो नपुगेसम्म घुम्टेमा जति बिकास गरे पनि त्यसको सही अस्तित्व र महत्वले प्रचार नपाउने वताए ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा मगरले स्थानियले घुम्टेलाई पर्यटकिय क्षेत्र बनाउनका लागी खेलेको भुमिका प्रसंसनिय भएकोले यसलाई नगरपालिकाले सहयोग गर्ने वताईन । काउचाले नगरपालिकाले घुम्टेको बिकासका लागि योजना बनाउने भन्दै ढुक्कका साथ काम गर्न आग्रह गरिन । कार्यक्रममा नेकपाका जिल्ला संयन्त्र सदस्य फमलाल न्युरे, नेपालि काग्रेसका नारायणध्वज मल्ल लगायतले शुभकामना मन्तब्य राख्दै घुम्टेको विकासमा सवैको उत्तिकै ध्यान जानुपर्ने वताए ।
कार्यक्रम गलकोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतको अध्यक्षता, टेउवा घुम्टे मोटरबाटो निर्माण समितिका सदस्य भक्त थापाको स्वागत र केन्दका्र सहसचिव योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । गलकोटको घुम्टेमा मोटरबाटो पुर्याउने उदेश्यले यस बर्ष गलकोट नगरपालिकाबाट रु. ८ लाख बजेट बिनियोजन गरिएको छ । उक्त रकमले करिब १ किलोमिटर मोटरबाटो निर्माण गरिने निर्माण समितिका सहसचिव भण्डारीले वताए ।