रुदै वद्रीको गीत सुने बडिगाड महोत्सवमा आमावुवाले

'जेठो छोरा कहाँ छ कहाँ, माइलो छोरो पुलिसमा भर्ति भएको छ'

बागलुङ, ६ मंसिर-साताब्यापी रुपमा सञ्चालित बडिगाड महोत्सवमा चर्चित लोकदोहोरी गायक बद्रि पंगेनीले गीत स्थानीय वृद्ध आमा वुवाहरु रोएका छन् । महोत्सव तथा पौंदि न्वागी मेलामा कलाकार पगेनीले गीत गाउदा आमावुवाहरु रोए भने युवाहरु ढुलो उड्ने गरी नाँचे ।
सवै नेपाली दिदिवहिनी र विदेशिएका दाजुभाई तथा वुवाआमाको वास्तविक मर्म बोल्ने, “विदा पाउँदिन, अहिलेको सालपनि घरमा आउँदिन”, “जेठो छोरा कहाँ छ कहाँ, माइलो छोरो पुलिसमा भर्ति भएको छ”, “शिरैको सिँउँदोमा सिन्दुर छैन” वोलको गित गाउँदा, मञ्चैको अगाडि वसेका धेरै आमा बाबाहरु रोए ।

महोत्सवका दर्शकविचमा गएर गाएका पंगेनीले नेताहरुलाई सुझाएका गित गाउँदा सवै उत्साहित भएका थिए । पंगेनीले “लौ न नेता ज्यू, बडिगाडमा आउन कहिले काहिँ, किन नेता ज्यू हाम्रो भेट हुन्न पहिल झैं”, “अझै नै गणतन्त्र आको छैननी, बडिगाडमा भने झैं भाको छैननी” बोलका गित गाउँदा युवाहरु खुलेर नाचेको थिए ।
गायक पंगेनीले ससुरालीमा, पानी सलल लगायतका गितहरु गाएका थिए । दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका जनप्रिय गायक बद्रिले नेताहरुलाई समेत कटाक्ष गरे । महोत्सवको छैठौं दिन कलाकार पगेनी सहित लोकगायिका पूर्णकला विसी, प्रजापति पराजुली लगाएतका कलाकारले पनि आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।