चिसोमा सचेत बनौं

मंसिरको दोस्रो साता सुरु भएसँगै बागलुङमा चिसो बढेको छ । जिल्ला सदरमुकाममा रहेको धौलागिरी अञ्चल अस्पताल र जिल्लाका अन्य स्थानमा रहेका स्थानीयका स्वास्थ्य संस्थाहरुमा समेत चिसोका बिरामीको चाप देखीन थालेको छ । चिसो समयमा बिशेष गरेर बृद्ध बृद्धा तथा बालबालिका प्रभावित हुने गरेका छन् । यो समयमा सामान्य हेलचक्राईले मात्रै पनि चिसोको प्रभाव देखीने गरी बिरामी पर्ने सम्भावना रहेको हुन्छ । न्यानो कपढा, खानपान र न्यासो उठबस नभएका कारण यो समयमा बिभिन्न रोगको संक्रमण हुने गरेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँदै आएका छन् । एकातर्फ सुख्खा जमिनका कारण उडेको धुलोको प्रभाव र अर्को तर्फ चिसो पानी तथा हावाका कारण चिसोका बिरामी बढ्ने सम्भावना रहन्छ ।
चिसोबाट बच्नको लागि हामीसँग प्रसस्तै घरेलु उपायहरु हुँदा–हुँदै पनि हामीले त्यसको सदुपयोग गर्न सकिरहेका छैनौ । घरायसी उपाएको प्रयोग गरेर चिसो बाट बच्नका लागि हामीले सचेतना अपनाउनै पर्छ । चिसो समयमा पानीको प्रयोग तताएर मात्रै गर्ने, बिहान बेलुका चिसो हावा चल्ने समयमा बृद्ध बृद्धा तथा बालबालिकालाई बाहिर हिँडडुल गर्न नदिने, घरको भान्छामा हुने अगेनाको छेउछाउमा बसेर आगोको ताप लिने गर्नाले मात्रै पनि चिसोको अधिक प्रभावबाट बच्न सकिन्छ । अर्को कुरा हामीले भएको न्यानो कपडाहरुको समेत उचित प्रयोग गर्ने बानीको बिकास गर्न जरुरी छ । चिसोले सबैभन्दा धेरै असर गर्ने टाउको तथा छातिको भागमा हावाको प्रभाव नपर्ने गरी न्यानो कपडाको प्रयोग गर्नाले मात्रै कयौं चिसोका कारण हुने समस्याहरुबाट बच्न सकिन्छ । मौसमी परिवर्तनका कारण आउन बाधा ब्यबधानहरुलाई सामना गर्न हामी सबै मिलेर लाग्नु पर्छ ।

मौसमी परिवर्तन भनेको कसैले बनाएको नभई प्राकृतिक परिवर्तन हो । मौसमको परिवर्तनका कारण हावा पानीमा देखीने परिवर्तनका कारण हाम्रो स्वास्थ्यमा सामान्य समस्याहरु देखा पर्ने स्वभावीक कुरा हो । किनभने तातोबाट चिसो र चिसो बाट तातोमा परिवर्तीत भई सोही अनुसार अनुकुलन हुनको लागि समय लाग्छ । तर मौसमलाईनै दोश दिएर कहिले काहीं हामीले स्वास्थ्यमा आएको परिवर्तनलाई बेवास्ता गर्ने गरेका छौं । त्यस्तै कारणहरुबाट कतिपय मानिसहरु ज्याननै गएका घटनाहरुपनि हाम्रो सामु छन् । चिसोबाट बच्नको लागि बयस्कहरुले बृद्ध बृद्धा तथा बालबालिकाको हेरचाहमा ध्यान बढाउन आवश्यक छ । बन्द कोठामा बसेर हिटर ताप्ने सबैको क्षमता नहुन सक्छ, गाउँमा उपलव्ध काठ दाउराको प्रयो गरेरे भएपनि न्यानोको साथ लिने भएका न्याना कपडाहरुको प्रयोग गरेर चिसो हावाको प्रभावबाट बच्न हुने खानेले हुँदा खानेहरुका लागि पनि न्यानो पाउने व्यवस्था मिलाईदिने । बिहान बेलुकाको समयमा घर बाहिरका काम क मगर्ने खेतीपातिको काम दिउँसोको समयमा मात्रै गर्ने गर्नाले पनि चिसोको समयमा हुने कयौं संक्रमणबाट बच्न सकिन्छ । यो समयमा सबै सचेत वनेर सामान्य हेलचक्राईंका कारण हुने दुर्घटनाबाट आँफु बचौं र अरुलाई पनि बच्ने उपायको बारेमा जानकारी गराऔं ।