प्रचार भड्किलो भयो

बागलुङ, १२ मंसिर — सरकारले मंगलवारदेखि ल्याएको सामाजिक सुरक्षा कार्यक्रमलाई विस्तृत योजना बिना प्रचारमुखी बनाएको भन्दै नेपाल विद्यार्थी संघले सांकेतिक बिरोध गरेको छ । राजधानीबाट प्रकाशित सबै अखवारको मुख्य पृष्ठमा प्रधानमन्त्री केपी ओलीको तस्बिर सहित बिज्ञापन प्रकाशित गरेपछि बिद्यार्थीहरुले बिरोध गरेको बताए । सामाजिक सुरक्षा योजना अन्र्तगत रोजगारदाता संस्था र श्रमिकको तोकिएको रकम कटाएर ६० बर्ष काटेपछि पेन्सन दिने व्यवस्था सहितको कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रमको प्रचार भने भड्कीलो भएको आरोप लागेको हो । बिरोध कार्यक्रममा नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष खड्ग थापाले भड्किलो प्रचार गर्ने खर्चले अति बिपन्न र यातायातको सुविधा नपुगेका जनताको लागि खर्चेको भए राम्रो हुने बताए । आफ्नो दलका नेता फरमुल्लाह मन्सुरले ल्याएको कार्यक्रमलाई बर्तमान सरकारले प्रचारबाजी गरेको उनको आरोप थियो । कार्यक्रममा जिल्ला सचिव श्रीकृष्ण पौडेल, नेविसंघ धौलागिरी बहमुखी क्याम्पसका अध्यक्ष दिनेश पन्त र स्वतन्त्र विद्यार्थी युनियनका सचिव बिष्णुराज पौडेलले बोलेका थिए । उनीहरुले सबै अखवार सडकमा राखेर सार्वजनिक गर्दै सरकार बिरोधी नाराबाजी समेत गरेका थिए । मंगलवारका सामाजिक संजालमा पनि सरकारको प्रचारको बिरोध भएका छन् । बिष्लेषकले पनि कार्यक्रम राम्रो तर भड्किलो भएकै प्रतिक्रिया दिएका छन् ।