नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी काठमाण्डौमा 

सुकीलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

बागलुङ, १३ मंसिर – नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आइपुगेकी छिन् । उनको यो औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै उनको भ्रमण व्यवस्थापन गरिएको छ । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल पुगेका थिए। सुकीलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। सरकारले सुकीको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ।