रोनाल्डोको च्याम्पियन्स लिग रेकर्ड मेस्सीले तोडे

बागलुङ, १३ मंसिर – च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोको किर्तिमानलाई भंगगर्दै लियोनल मेस्सीले नयाँ रेकर्ड बनाएका छन्। मेस्सीले एकै क्लबमा सर्वाधिक च्याम्पियन्स लिग गोलगर्ने खेलाडीको रेकर्डमा रोनाल्डोलाई पछि पारेका हुन्। पिएसभी विरुद्धको खेलमा बुधबार राति गोल गरेसँगै मेस्सीले बार्सिलोनाबाट १ सय ६ गोल पुरा गरेका छन्। रोनाल्डोले मड्रिडबाट १ सय ५ गोल गरेका थिए।
एकै क्लबबाट सर्वाधिक गोलगर्ने रेकर्डमा रोनाल्डोले मेस्सीलाई अब कहिले पछि पार्ने छैनन्। किनभने रोनाल्डो मड्रिड छाडेर यूभेन्ट्स गइसकेका छन्। यद्यपी दुवैबीच च्याम्पियन्स लिगकै सर्वाधिक गोलकर्ता बन्ने प्रतिस्पर्धा भने जारी छ। मेस्सी च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक गोलकर्ता हुन्। उनले १ सय ५७ खेल खेलिसक्दा अहिलेसम्म १ सय २१ गोल गरिसकेका छन्। मेस्सीको १ सय २८ खेलबाट १ सय ६ गोल भएको छ।रोनाल्डो पाँच च्याम्पियन्स लिग जित्नै एक्ला खेलाडीपनि हुन्। मेस्सीले उनलाई यस रेकर्डमा समेत पछ्याइ रहेका छन्। मेस्सी चार पटकका च्याम्पियन्स लिग विजेता हुन्। दुवैले प्रतिष्ठित बालुन डि’ओर अवार्ड भने समान पाँच–पाँच पटक पाएका छन्।