विज्ञान, विकास र अभिसाप

मोबाइल फोन एउटा सानो यन्त्र (म्भखष्अभ)को नाम हो जुन एउटा दूरसञ्चारको माध्यम हो । यो यन्त्रको मद्दतले हामी कुनै पनि ब्यक्तिसँग टाढा होस वा नजिक, देशमा होस वा बिदेशमा एकै क्षणमा अंक (ल्गmदभच) थिचेर (म्ष्ब िगरेर) एक अर्कासँग कुरा गर्न सक्छौं । यस यन्त्रको सहायताले हामी मात्र कुरा होईन अरु पनि कयौँ काम एकै क्षणमा गर्न सक्छौँ । हामी यसको सहायताले सन्देशहरू पनि आदान–प्रदान गर्न सक्छौँ । मोबाइल फोन रेडियो तरंग प्रयोग गरेर (द्यत्क्)सँग सम्पर्क गर्दछन्। यसका लागि मोबाइल फोन (मोबाइल टर्मिनल)ले दुई फ्रिक्वेन्सी प्रयोग गर्ने गर्दछन् ।
आजको मानव सभ्यताको विकासमा सञ्चारमाध्यमले एकदमै ठूलो प्रभाव पारेको छ । टेलिफोन, मोबाइल फोन, इन्टरनेट जस्ता सेवा आजभोलि हरेक क्षेत्र र वर्गका मानिसका लागि अत्यावश्यक भइसकेको छ । मोबाइल फोन नबोक्ने युवा तथा वयस्कहरू एकदमै कम भेटिन्छन् । कहीँ कतै जाँदा मोबाइल फोन छुट्यो भने फर्केर गएर समेत लिन जाने गरिन्छ । यसबाट के बुझिन्छ भने हामी मोबाइल फोनप्रति अति निर्भर हुन थालिसकेका छौँ । हुन पनि आजको व्यस्त जीवनशैलीमा सामाजिक सञ्जालको रूपमा पनि यसले काम गरेको छ । साथीभाई, इष्टमित्रहरूलाई मोबाइलबाट नै तुरुन्तै कुराकानी गर्न सकिन्छ । आज आएर मोबाइल देखासिकीमा मात्र सीमित छैन । मानिसको दैनिक जीवनसँग यसले प्रत्यक्ष सम्बन्ध राख्दछ । कामकुरोलाई छिटो–छरितो गर्न, सूचनालाई तुरुन्त प्रवाह गर्न, आकस्मिक समस्याहरू परेका बेला मोबाइल फोनले ठूलो योगदान पु¥याउँदै आएको छ । यसैले मोबाइललाई आधुनिक संस्कृतिका रूपमा व्याख्या गर्न सकिन्छ ।
यद्यपि, हालै क्यान्सरसम्बन्धी अन्तराष्ट्रिय अनुसन्धान एजेन्सीले मोबाइल फोनलाई क्यान्सर गराउन सक्ने तत्वको रूपमा परिभाषित गरिदिएको छ । यो खबसँगै विश्वको ध्यान मोबाइल फोन र स्वास्थ्यको सम्बन्धको विश्लेषणमा केन्द्रित भएको छ । यो हल्ला, यो चासो, यो चहलपहल पहिलाका वर्षहरूमा नभएका भने होइनन् । तर, गत वर्ष यही एजेन्सीले बिभिन्न देशमा गरिएका अध्ययनको आधारमा मोबाइल फोनलाई क्यान्सर गराउने स्पष्ट कारक तत्वको रूपमा लिन नसकिने कुरा बताईएको थियो । तर, विज्ञान र प्रविधि समयको प्रवाहसँगै विकसित हुँदै जाने हुँदा, भर्खरै निस्किएको सनसनीपूर्ण खबरलाई नकार्न भने सक्दैनौँ । हुनतः अझै धेरै अध्ययन अनुसन्धानहरू हुनु जरुरी छ, यद्यपि अत्यधिक मात्रामा मोबाइलको प्रयोग गर्ने मानिसमा ग्लिओमा नाम गरेको ब्रेन ट्युमरको केही प्रमाणहरू भेटिएका छन् । यिनै प्रमाणहरूको आधारमा क्यान्सरसम्बन्धी अन्तराष्ट्रिय अनुसन्धान एजेन्सीले मोबाइल फोनलाई पनि क्यान्सरका अरू सम्भावित कारक तत्वहरू जस्तै किटनाशक औषधिहरू, लिड, सिसीका अचारहरू, कफीको दर्जामा राखिदिएको छ ।
मोबाइल फोनलाई आधुनिक धुम्रपानको संज्ञा पनि दिइन्छ । यसप्रतिको मानिसहरूको निर्भरता र यसको क्यान्सरसँगको सम्बन्धले पनि यस्तो भनिएको हो । लगभग ४० वर्ष अगाडिसम्म पनि धुम्रपानलाई सानको रूपमा लिइन्थ्यो तर यो क्यान्सरको प्रमुख कारक तत्व बनेको छ । कतै मोबाइल फोन पनि यस्तै हुने त होइन भन्ने शंका विश्वभर व्याप्त भएको छ । त्यसैगरी स्वीडेनको लुन्ड युनिभर्सिटीले मोबाइल फोनको अत्यधिक प्रयोगबाट अल्जेमियर डिजिस (बिर्सिने रोग) र पारिकन्सनस डिजिस (नशाजन्य रोग) हुन सक्दछ भनी शंका गरेको छ । मोबाईल फोन पड्केको र मानिस मरेको घटनासमेत हामीले सुनेका पनि छौँ । अध्ययनहरूले प्रमाणित नै नगरे पनि मोबाइल फोनमा लामो समय कुरा गर्दा कान रन्किने, दिक्क लाग्ने, थाक्ने अनुभव त हामी आफैंले पनि गरेका छौँ । मोबाइल फोनबाट इलेक्ट्रोम्याग्नेटिक रेडियसन (एक प्रकारको विकिरण) निस्किने गर्दछ । यो मोबाइल फोन प्रयोगमा नरहेको बेला पनि निस्किरहन्छ । जसले शरीरमा विभिन्न नोक्सानी गर्न सक्दछ । यसले डीएनएको विनाश गर्छ भन्ने वैज्ञानिक धारणा छ । त्यसविपरीत, कुनैपनि मोबाइलहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पास गरेर बजारमा आएका हुँदैनन् । जति पनि मोबाइलहरू बजारमा आएका छन् तिनको गुणस्तर मापन गर्दा कहिले पनि स्वास्थ्यको हिसाबले सोचिँदैन न त हामी मोबाइल किन्दाखेरि नै त्यो कुरा सोच्दछौँ । हुन त कतिपय मोबाइलहरूलाई सुरक्षित तरिकाले बनाउन थालिएका पनि छन्, यसको विकिरणको असरलाई कम गर्ने चिप्सहरू टाँस्न पनि मिल्छ भन्ने सुनिन्छ । तर, यो सबैको पहुँचमा भने छैन ।
सुरुमा एकजना अमेरिकन ब्रेन क्यान्सरको कारण मृत्यु हुनुमा मोबाइल फोन प्रमुख कारक तत्वको रूपमा रहेको भनी क्षतिपूर्तिका माग गरेपछि मोबाइल फोन र ब्रेन क्यान्सरको विषयमा धेरै छलफल, अध्ययन तथा अनुसन्धान हुन थालेको हो । हाल विश्वमा मोबाइल फोन र स्वास्थ्य सरोकारको कुरा गर्दाखेरि प्रमुख चासोको विषय नै मोबाइल फोनले ब्रेन क्यान्सर हुन सक्छ भन्ने तथ्य हो । मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले मस्तिष्कमा रहेका डीएनए भन्ने कोषहरूलाई विनाश गर्छ जसले गर्दाखेरि मस्तिष्कको क्यान्सर हुन सक्दछ भन्ने विश्वास छ । मोबाइल कानमा टाँसेर कुरा गर्दा यसबाट निस्किने रेडियसनले मस्तिष्कलाई बढी असर गरेको हो । बालबालिकाको टाउको सानो हुने, टाउकोका हड्डी पनि पातला हुने र टिस्युको कनेक्टिभिटी पनि धेरै हुने हुँदा ठूला मानिसलाई भन्दा साना बालबालिकालाई मोबाइल फोनको दुष्प्रभाव बढी पर्न जान्छ ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा मोबाइल फोनको प्रयोग गर्नु हुन्छ कि हुँदैन भन्ने विषयमा विभिन्न धारणाहरू छन् । अस्पताल एक आकस्मिक क्षेत्र भएको कारणले आकस्मिक सूचनाहरू यथाशक्य चाँडो प्रवाह गर्न अस्पतालमा मोबाइल फोनको ठूलो महत्व रहेको हुन्छ । तर, त्यसको विपरीत अनावश्यक रूपमा अस्पतालमा मोबाइल फोन प्रयोग गर्दा बिरामीलाई असुविधा पुग्न जान्छ । त्यति मात्र होइन, अध्ययनहरूले यो नै प्रमाणित गरिसकेको छ कि अस्पतालमा अति गम्भीर बिरामीहरूको हेरचाहमा प्रयोग गर्न मेसिन, मनिटर, भेन्टिलेटरजस्ता यन्त्रहरूमा मोबाइल फोनको विकिरणले नकारात्मक असर पु¥याउँछ । गम्भीर भएका बिरामीलाई राख्ने वार्डहरूमा मोबाइल फोनको प्रयोग गर्नु घातक हुन्छ । यसले भेन्टिलेटरजस्ता संवेदनशील साधनहरूको सिस्टम गोलमाल गरिदिने आदि गर्न सकिन्छ । अझ कहिलेकाहीँ त यस्ता यन्त्रहरू भ्mयाप्प बन्दसमेत भइदिन सक्छन् जुन कुरा गम्भीर बिरामीहरूका लागि ठूलो जोखिम बन्न सक्छ । यसैले आईसीयू, सीसीयूजस्ता संवेदनशील वार्डहरूमा झुक्किएर पनि मोबाइल फोनको प्रयोग गर्नुहुँदैन । यस्ता वार्डहरूमा काम गर्नुहुने स्वास्थ्यकर्मीहरूले पनि ड्युटीमा रहेको अवस्थामा मोबाइलफोनको प्रयोग कम गर्ने र बिरामी तथा यन्त्रहरूको छेउछाउमा प्रयोग गर्नुहुँदैन । बिरामी कुरुवा, चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूलाई अस्पतालभित्र मोबाइल फोनको प्रयोग गर्नु एक किसिमको बाध्यता भएपनि बिरामी भेट्न जाने व्यक्तिहरूले अस्पताल परिसरभित्र मोबाइल फोन प्रयोग नगर्दा धेरै राम्रो हुन्छ ।
मोबाइल फोन र सवारी दुर्घटना

मोबाइल फोनको प्रयोगबाट कतिपय सवारी दुर्घटनाहरू हुने गरेका छन् । मोबाइलमा कुरा गर्दा चालकको ध्यान अन्यत्र जाने हुँदा सानो लापरबाहीले पनि ठूला–ठूला दुर्घटनाहरू हुन सक्दछ । यसैले सवारीसाधन साइड लगाएर रोकेर मात्र कुरा गर्नुपर्छ । अर्को कुरा हयान्ड्स फ्री गरेर कुरा गर्न पनि सकिन्छ जसले गर्दा स्टेरिङ छोड्नुपर्दैन । अथवा साथमा रहेको अर्को साथीलाई फोन उठाउन लगाउन सकिन्छ । मिल्छ भने स्वतः जवाफ दिने सिस्टम राख्न सकिन्छ जसले गर्दा तपाईंले कलको रेकर्ड पछि थाहा पाएर महत्वपूर्ण कलहरू पछि फर्काउन सक्नुहुन्छ । हुन त सवारी साधन चलाउँदै गर्दा मोबाइलको प्रयोग गर्नु कुनै हिसाबले राम्रो होइन तर यदि तपाईं जोखिम मोलेर कुरा गर्ने नै गर्नु भएको छ भने कृपया मोबाइल फोनलाई गाडीमा चट्ट हातले भेट्टाइहाल्ने ठाउँमा राख्नुहोस् ता कि मोबाइल फोन टिप्न तपाईंको आँखा यताउता घुमाउन नपरोस् ।
मोबाइल फोन र अपराध

मोबाइल फोनलाई धम्की, अपहरण जस्ता आपराधिक क्रियाकलापहरूमा पनि प्रमुख हतियारको रूपमा प्रयोग गरेको पाइन्छ । त्यस्तैगरी मोबाइल फोनको निहुँमाझैं झगडा, कुटपिट हुनुका साथै हत्यासमेत भएको पाइन्छ । मोबाइल फोनको चोरी हुने पनि सामान्य घटना भइसकेको छ । यसैले मोबाइल नम्बरको सही प्रयोग गर्नु तथा गोपनीयता राख्नु अत्यन्तै जरुरी छ । फेसबुक, मिग, ओर्कुटजस्ता सामाजिक सञ्जालहरूमा हतपति मोबाइल नम्बरहरू राख्नुहुँदैन । जनसम्पर्कमा रहनुपर्ने व्यक्तिहरूले कार्यालयको मोबाइल र आफ्नो व्यक्तिगत मोबाइल नम्बर अलगअलग गर्दाखेरि राम्रो र सुरक्षित हुन्छ । मोबाइल फोनको कारणले घरायशी झैझगडा हुने र कतिको त डिभोर्स भएको र कति जनाले त आत्महत्या नै गरेको समाचार पनि बेला–बेलामा सुनिन्छ । त्यसैले मोबाइल फोनको प्रयोगमा सामाजिक कारणले पनि सावधानी अपनाउनु अत्यन्तै जरुरी छ । त्यसको साथै मोबाइल फोनलाई आडम्बर, विश्वास–अविश्वासको कुरा, स्वाभिमानको कुरासँग जोड्नुभन्दा पनि मोबाइल फोन सञ्चारको एक माध्यम मात्र हो भन्ने तथ्यलाई सम्झिनुपर्छ ।
मोबाइलसँग सम्बन्धित केही स्वास्थ्यबर्दधक टिप्स

पेसमेकर भन्ने यन्त्र प्रत्यारोपण गरेका बिरामीले पेसमेकर राखेकोतिरको हातबाट मोबाइलको प्रयोग गर्नुहुँदैन । सवारीसाधन चलाउँदा–चलाउँदै मोबाइलमा कुराकानी गर्नुहुँदैन । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मोबाइल फोन स्विचअफ गर्नु आधुनिक सभ्यताको परिचय दिनु हो । बच्चाहरूलाई सकेसम्म मोबाइल फोनमा कुरा गर्न दिनुहुँदैन । मोबाइल फोनमा लामो समयसम्म कुराकानी गर्दा हेडफोन वा स्पिकरको प्रयोग गरी मोबाइल फोनको विकिरणको प्रभावलाई कम गर्न सकिन्छ । मोबाइल फोनको मेसेज पठाउने प्रविधिको बढी प्रयोग गरी प्रत्यक्ष गर्ने कुराकानीलाई कम गर्न सकिन्छ । मोबाइल फोनमा लामो कुराकानी गर्नेभन्दा पनि यसलाई आकस्मिक अवस्थामा प्रयोग गर्ने बानी बसाल्नुपर्छ । मोबाइल फोनलाई सकेसम्म आफ्नो शरीरभन्दा टाढा राख्नु नै यसको सुरक्षाको प्रमुख उपाय हो । अन्तमा, मानवजीवनको पर्याय बनेको यो साधन आज स्वास्थ्यको चासो पनि बनेको छ । सूचना तथा सञ्चारको महत्त्व हामीलाई यति धेरै भइसकेको छ कि हामी मोबाइल फोन नै प्रयोग नगरौँ त हामी भन्न नै सक्दैनौँ । तर, आज सबैले एकपटक सोच्न जरुरी छ कि यो कतै हाम्रा लागि घातक त भइराखेको छैन ? मानव स्वास्थ्यको लागी अभिसाप त होईन ?