बुर्तिबाङमा शैक्षिक महोत्सव, पहिलो दिन ४६ लाख संकलन

नगरपालिकाका प्रमुख देवकुमार नेपालीद्धारा क्याम्पसको निम्ति रु. २१ लाख ५ हजार को अक्षयकोष स्थापना गरिदिने घोषणा

बागलुङ, १५ मंसिर – निसीभूजी क्षेत्रकै एकमात्र क्याप्पस निजीभूजी जतता क्याम्पसलाई स्मार्ट क्याम्पसको रुपमा विकास गर्नका लागी आजदेखी शुभारम्भ भएको शैक्षिक एवं धार्मिक महोत्सवमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले आफ्नो र नगरपालिकाका तर्फबाट रु. ४१ लाख बढी रकम सहयोग गर्ने उद्घोष गरेका छन् । प्रमुख नेपालीले आफू र आफ्नी धर्मपत्नी छेला नेपालीको तर्फबाट क्याम्पसको निम्ति रु. २१ लाख ५ हजार को अक्षयकोष स्थापना गरिदिने घोषणा गर्नुका साथै ढोरपाटन नगरपालिकाका तर्फबाट रु. २० लाख सहयोग प्रदान गर्ने घोषणा गरे।

ढोरपाटन शैक्षिक तथा धार्मिक महोत्सवको पहिलो दिन आज करिब ४६ लाख रुपैया आर्थिक संकलन भएको छ । बुर्तिबाङ निवासी कमला अर्याल र सुमित्रा सापकोटाबाट संयुक्त रुपमा ४ लाख मुल्य बराबरको धान र १ तोला सुन, बुर्तिबाङ निवासी हर्कबादुर गुरुङले ५१ हजार ५ रुपैया, ढोरपाटन नगरपालिका उपप्रमुख करमति पुनबाट रु ५१ हजार, प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर थापाले ११ हजार रुपैया, प्याव्सन जिल्ला समिति कार्यलय बागलुङबाट रु १० हजार, हरिकला पाण्डेले ३ हजार १ सय, भिम बहादुर सुनारबाट रु २ हजार १ सय चुरामणि खनालबाट रु २ हजार १ सय र धनसरी कडेलबाट १ मुरी धान सहयोग प्राप्त भएको छ ।