तुरतुरेमा ¥याफ्टिङ सञ्चालन

बागलुङ, १६ मंसिर — ढोरपाटन नगरपालिका–१ र बडिगाड गाउँपालिका–७ जोडिएको स्थल तुरतुरेमा गएको भीषण पहिरोबाट बनेको कृतिम तालमा विधिवत रुपमा डुँगा तथा ¥याफ्टिङ सञ्चालनमा आएकोे छ । ¥याफ्टिङ व्यवस्थापन तथा सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा हालै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले उद्घाटन गरे । डुबान प्रभावितको भेलाले तुरतुरेमा व्यवसायिक रुपमा डुँगा तथा ¥याफ्टिङ सञ्चालनका लागि डिलबहादुर कुमालको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । स्थानीय प्रभावित क्षेत्रका बासिन्दालाई फाईदा हुनेगरि त्यस तुरतुरे तालमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख नेपालीले डुबान प्रभावित क्षेत्रका जनतालाई आर्थिक उपार्जनको माध्यमका रुपमा तुरतुरे तालमा ¥याफ्टिङ सञ्चालन हुने र आवश्यक डुँगा र ¥याफ्टिङ सामाग्री खरिद गरि प्रदान गर्ने बताए ।

डुबानमा स्थानीयको करोडौंको खेतियोग्य जमीन डुबेको र उनीहरुको जीविकोपार्जन र आय–आर्जनका लागि नगरले सहयोग जुटाउने नगरप्रमुख नेपालीले बताए । उनले तुरतुरे क्षेत्रमा फेस्टिवलका रुपमा कार्यक्रम गर्ने, होम–स्टे सहितको पर्यटक आकर्षणको केन्द्र निर्माण गरि स्थानीयलाई आम्दानीको स्रोतका रुपमा व्यवस्थित गरिने बताए । आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको तुरतुरे तालमा डुँगा र ¥याफ्टिङ सञ्चालन गरि थप आकर्षको केन्द्र बनाउन ढोरपाटन नगर, तमानखोला, निसीखोला र बडिगाड गाउँपालिकाले संयुक्त अवधारणा बनाउन ढोरपाटन नगरपालिकाले पहल थाल्ने भएको छ । तुरतुरे तालमा डुँगा तथा ¥याफ्टिङका लागि पुरै ताल घुम्नका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लाग्ने व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै तालको आधा भाग परिक्रमाका लागि २ सय ५० र तालको वारपार घुम्न प्रतिव्यक्ति एक सय रुपैयाँ तोकिएको नगरपालिकाले जनाएको छ ।