एकता सहकारीको १ दिने तालिम सम्पन्न

बागलुङ, १६ मंसिर — एकता सहकारी संस्था लि. बागलुङले आफना संचालक तथा कर्मचारीहरुलाई सहकारी ब्यबस्थापन सम्वन्धि १ दिने तालिम बागलुङके रेड एप्पल होटलमा सम्पन्न गरेको छ । संस्थाका संचालक तथा कर्मचारीहरुलाई सहाकारी व्यवस्थापन बारे नेफ्स्कुनका संचालक एवं गण्डकी प्रदेशका संयोजक श्री भिम गुरुङ, संस्थाका कानूनि सल्लाहकार श्री काजी गाँउले श्रेष्ठले सहजिकरण गरेका उक्त कार्यक्रममा सहकारी व्यवस्थापन र बर्तमान ऐन कानून सम्वन्धी जानाकारी गराईएको थियो । २०५६ सालमा स्थापित एकता सहकारी संस्था लि. बागलुङमा हाल ८०२ जना शेयर सदस्य रहेको छ । ६ करोड ८७ लाख शेयर र बिभिन्न कोषहरुमा २ करोड २५ रहेको यस संस्थाको ३४ करोड बराबरको सम्पत्ति रहेको छ । संस्थाले आफना शेयर सदस्यहरुलाई आधुनिक प्रवधिबाट सेवा प्रदान गर्दै आएको छ । संस्थाले २४ सै घण्टा मोबाईल बैंकिङ, घर दैलो सेवा प्रदान गर्दै आगामी दिनमा आफनो कार्यक्षेत्रमा सेवा बिस्तार गर्ने लक्ष्य राखेको संस्थाका प्रबन्धक श्री दिपक जंग राजभण्डारीले बताए ।