अपांगता भएका ब्यक्तिहरुको हकहित, अधिकारको संरक्षण र समवद्र्धनमा प्रदेश सरकार प्रतिवद्ध – मुख्यमन्त्री गुरुङ

अपांगता भएका नागरिकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सवै निकायमा सहभागिता

बागलुङ, १७ मंसिर – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अपांगता भएका ब्यक्तिहरुको हकहित, अधिकारको संरक्षण र समवद्र्धन गर्न तथा सोही अनुसारको कार्यक्रम अगाडि बढाउन प्रदेश सरकार प्रतिवद्ध रहेको वताएका छन । २७ औं अन्ताराष्टिय अपांगता दिवसको अवसरमा आज शुभकामना सन्देश दिदै मुख्यमन्त्री गुरुङले नेपालको संविधान र मौलिक हक अन्तरगत अपांगता भएका नागरिकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका सवै निकायमा सहभागिताका लागि प्रदेश सरकार लागि परेको वताएका छन् ।
विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवन यापन गर्न पाउने र सार्वजानिक सेवा सुविधामा समान पहुँचको हक हुने गरी त्यसलाई ब्यवहारमा कार्यान्वयन गर्न प्रदेश सरकारले कार्यक्रम बनाएको उल्लेख गर्दै मुख्यमन्त्रीले सरकारको चालु आर्थिक वर्षको नीति र कार्यक्रम पनि सोही अनुसारको तर्जुमा गरिएको वताएका छन ।
अपांगता भएका ब्यक्तिका लागि शिक्षा, स्वास्थ्य, सुरक्षा, सीप विकास र क्षमता अनुसारको स्वालम्बनमा आधारित रोजगारी ब्यवस्था मिलाईने, अपांगमैत्री सूचना सम्प्रेषणको ब्यवस्था लागु गरिने, प्रदेशमा निर्माण हुने अस्पताल, शिक्षणसंस्था र सवै किसिमका पूर्वाधारहरु अपांगमैत्री बनाईने स्पष्ट पारेका छन । त्यसका लागि स्थानीय तहसंग पनि समन्वय गरिने र त्यसका लागि चालु आर्थिक बर्षबाटै कार्यक्रमको सुरुवता गरिने मुख्य मन्त्री गुरुङले शुभकामना सन्देशमार्फत भनेका छन ।
अपांगता भएका ब्यक्तिहरुको शशक्तिकरण तथा समावेशी र समानताको सुनिश्चिता भन्ने अन्राष्टिय नारा र मलाई समावेश गर, गणना गर भन्ने राष्टिय नारा सहित २७ औ अन्तराष्टिय अपांगता दिवस देशभरी नै ३ डिसेम्वर २०१८ का दिन (सोमवार) विभिन्न कार्यक्रमका साथ मनाईदैछ ।