नेकपा गण्डकी प्रदेशमा धौलागिरीका ५१ जना सदस्य

बागलुङबाट २१, पर्वतबाट १६ म्याग्दीबाट ७ र मुस्ताङबाट ६ जना सदस्य

बागलुङ, १७ मंसिर– नेपाल कम्युनिष्ट पार्टि (नेकपा) गण्डकी प्रदेश कमिटिमा साविकको धौलागिरी अञ्चलबाट ५१ जना सदस्य मनोनयनमा परेका छन् । नेपाल कम्युनिष्ट पार्टिको १७ औं केन्द्रिय सचिवालय बैठकले प्रदेश सदस्यहरु मनोनित गरेको हो । साविकको धौलागिरी अञ्चलमा पर्ने जिल्लाहरु मध्ये सबैभन्दा धेरै बागलुङले २१ जना सदस्य पाएको छ । पर्वतबाट १६ जना, म्याग्दीबाट ७ जना र मुस्ताङबाट ६ जना सदस्य मनोनित भएको नेकपा केन्द्रिय सचिवालयले जनाएको छ ।
बागलुङबाट प्रदेश सदस्यमा मनोनित हुने मध्ये तत्कालिन नेकपा एमालेबाट १० जना र तत्कालिन माओवादी केन्द्रबाट ११ जना रहेका छन् । तत्कालिन माओवादी केन्द्रबाट फमलाल न्युरे, चन्द्रबहादुर बुढा मगर, ज्ञामनाथ गैरे, यज्ञबल्लव शर्मा, प्रकाश घर्तिमगर, राजिव घिमिरे, दिलमायाँ रोक मगर, कुशुम बुढा मगर, प्रेम घर्ति मगर, निरमयाा श्रीष मगर र लाल बहादुर परियार प्रदेश सदस्यमा सिफारीस भएका छन् । त्यस्तै नेकपा एमालेबाट ईन्द्रलाल सापकोटा, जनक पौडेल, लिला राना मगर, प्रेम खरेल, श्रीप्रसाद शर्मा, गिता शर्मा, नरबहादुर थापा, मोहनलाल शर्मा, भिमप्रसाद शेरचन र हिरा वहादुर केसी सदस्यमा मनोनित भएका छन् ।
त्यस्तै तत्कालिन माओवादी केन्द्र पर्वतबाट ५ र नेकपा एमाले पर्वत बाट ११ जना सदस्यमा मनोनित भएका छन् । तत्कालिन माओवादी केन्द्रको बिभिन्न तहमा कार्यरत मध्येबाट कृष्ण प्रसाद शर्मा, गगन थापा, केशव कुँवर, सुदिप कुँवर र मनरुपा सुवेदी मनोनित भएका छन् । त्यस्तै एमालेको भिभिन्न कमिटिमा कार्यरत मध्येवाट बिकास लम्साल, हिरादेवी शर्मा, मनोहर बि पौडेल, मोति प्रसाद पौडेल, पदम गिरी, यज्ञ सुवेदी, प्रेमकुमारी लामिछाने, देवेन्द्रराज पाण्डे, मेघनाथ सुवेदी र क्याप्टेन लाल काजि गुरुङ प्रदेश कमिटिमा मनोनित भएका छन् । त्यस्तै म्यादिबाट तत्कालिन नेकपा एमालेको तर्फबाट ४ जना र माओवादी केन्द्रको तर्फबाट ३ जना प्रदेश सदस्य बनेका छन् ।
तत्कालिन माओबादी केन्द्रको बिभिन्न जिम्मेबारीमा रहेका मध्येबाट गोविन्द पौडेल, बिनोद केसी र टेक बहादुर बिक मनोनित भएका छन् । तत्कालिन नेकपा एमाले म्याग्दीबाट बिभिन्न जिम्मेबारीमा रहेका मध्येबाट हरिकृष्ण श्रेष्ठ, मुना बानिया, नरदेवी पुन र खुम बहादुर बानिया प्रदेश सदस्य बनेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङबाट माओवादी केन्द्रबाट एक जना शक्तिनारायण शेरचन मात्रै प्रदेश कमिटिमा मनोनित भएका छन भने तत्कालिन नेकपा एमालेको बिभिन्न जिम्मेबारीमा रहेका मध्येबाट चन्द्रमोहन गौचन, जमुना थकाली, शंखलाल गुरुङ, प्रेम प्रसाद तुलाचन र कृष्ण गौचन प्रदेश कमिटि सदस्य बनेका छन् । सचिवालयको १६ औं बैठकले प्रदेश अध्यक्ष, इन्चार्ज र सचिवको टुंगो लगाएको लामो समय पछि १७ औं बैठकले पुर्णता दिएको हो ।