क्यान्सरलाई जितेर भारत फर्किन् सोनाली बेन्द्रे

मुम्बई, १७ मंसिर-बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि क्यान्सरलाई जितेर घर फर्केकी छन् । उनी सोमबार विहान सबेरै मुम्बाई फर्केकी हुन । सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उनका श्रीमान गोल्डी बेहलले बताए । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताए । करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताए ।

यस अवधिमा सोनालीप्रति सबैले देखाकरिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताए । यस अवधिमा सोनालीप्रति सबैले देखाएको माया र समर्थनको लागि बेहले धन्यवाद दिए। अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताए । न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताय । अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताए । एएनआई