पौडेल प्यानलाई मोर्चाको समर्थन

बागलुङ, १९ मंसिर — नेवा राष्ट्रिय मुक्तिमोर्चा जिल्ला शाखा बागलुङ आसन्न उद्योग बाणिज्य संघको निर्वाचनमा बामपन्थी उम्मेदवारलाई सहयोग गर्ने भएको छ । आगामी मंसिर २२ गते हुने निर्वाचनको लागि मुक्ति मोर्चाले साझा बाम प्यानलका उमेदवारलाई सहयोग गर्ने निर्णय गरेको हो । मंगलवार बागलुङ नगरपालिका ३ कैलाम पोखरी सामुदायिक बन को प्राङ्गणमा आयोजित बनभोज तथा उमेदवार परिचय कार्यक्रममा बामपन्थी व्यवसायीक संगठनहरुबाट उमेदवार दिएका बर्तमान महासचिव दयाराम पौडेलको नेतृत्वको प्यानलका सम्पूर्ण सदस्यहरूले आफ्नो परिचय दिदै यसपटकको निर्वाचनमा आफुहरू मतदान गरेर जिताउन समेत आग्रह गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले निर्वाचनको बेलामा मात्रै सम्प्रदाय हेरेर मतदान गर्ने परिपाठीका कारण बेला बेलामा समस्या हुने गरेको बताए ।

उद्योग बाणिज्य संघ ब्यबसायी एउटा सामाजिक संस्था भएको भन्दै सापकोटाले व्यवसायीको हितमा काम गर्ने प्यानललाई बिजयी गराउनु पर्नेमा जोड दिएका थिए । बामपन्थी व्यवसायीहरुबाट बनेको प्यानलले व्यवसायीको हितमा काम गर्नेमा ढुक्क रहन आग्रह गरे । १८ बर्ष लामो उद्योग बाणिज्य संघको अनुभवलाई व्यवहारमा उतार्नको लागि आँफु उम्मेदवार बनेको भन्दै अध्यक्षका प्रत्याशि दयाराम पौडेलले सामाजिक न्याय र व्यवसायीक हितका लागि आँफुलाई सबैको सहयोग आवश्यक रहेको बताए । पौडेलले बागलुङमा स्थानिय निकाय र व्यवसायीको बिचमा रहेको दुरी घटाएर व्यवहारीक र बैज्ञानीक कर लागु गराउनका लागि आफ्नो जित आवश्यक रहेकोबताए । बनभोज कार्यक्रमको अध्यक्षता नेवा मुक्तिमोर्चाका जिल्ला अध्यक्ष बिन्दु सागर राजभण्डारी स्वागत रतन प्रसाद मलेपती संचालन निरज शाक्यले गरेका थिए ।