बरेङ गाउँपालिकामा सिसि क्यामेरा मार्फत कर्मचारीको निगरानी

बागलुङ, १९ मंसिर – जिल्लाको बरेङ गाउँपालिकाले सिसि क्यामेरामार्फत कर्मचारीको निगरानी थालेको छ । गाउँपालिकाको कामलाई जवाफदेही र पारदर्शी बनाउनका लागि सिसि क्यामेरामार्फत कर्मचारीको निगरानी गर्न थालिएको हो । बिद्युतिय हाजिरी र सिसि क्यामेराको जडान माध्यामबाट कर्मचारीको नियमितताको बिषयमा निगरानी गर्न थालिएको गाउँपालिकाले जनाएको छ । ‘हामीले कर्मचारीलाई जिम्मेबार बनाउँदै सेवाग्राहीलाई सेवा प्रवाहमा सुनिश्चितताका लागि निगरानी थालेका हौं’ बरेङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ पौडेलले भने– ‘गाउँपालिकाको कामबाट सर्वसाधारणलाई सन्तुष्टि दिने प्रयास गरेका हौं ।’ गाउँ कार्यापालिकाको कार्यालय अन्र्तगतका बिभिन्न बिभागमा छुट्टाछुट्टै सिसि क्यामेरा जडान भएका छन् । अहिलेलाई ७ वटा क्यामेरामार्फत कार्यालयका सबै कामको निगरानी गरीएको र आवश्यकता अनुसार थपघट गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

कार्यालय प्रमुखको कार्यकक्षमा सिसि टिभी राखेर कार्यालय परिसरका सबै बिभाग हेर्न मिल्ने बनाईएको पौडेलले जानकारी दिए । गाउँपालिकाले सिसि क्यामेरा, बिद्युतिय हाजिरी र अन्य बिद्युतिय उपकरणको समेत बिस्तार गर्दै सेवा प्रबाहलाई सरल र छिटो छरितो बनाउने प्रयास थालेको पौेलले दाबी गरे । कार्यालयमा बिद्युतिय हाजिरी र सिसि क्यामेराको जडानसँगै गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई सूचना प्रबिधि सम्बन्धी तालिम समेत गराएको छ । दुई दिनसम्म सञ्चालन भएको तालिमबाट सूचना प्रबिधिको प्रयोग, यसको उपयोगिता र सर्वसाधारणको काममा सूचना प्रबिधिको माध्यामबाट हुन सक्ने फाईदाको बिषयमा जानकारी गराईएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । ३० जना सहभागी रहेको तालिमको गाउँपालिकाका सूचना प्रबिधि अधिकृत राजन कार्कीले सहजीकरण गरेका थिए । आधारभुत कम्प्युटर, इमेल, इन्टरनेटको प्रयोग र सामाजिक सञ्जालको प्रयोग लगायतका बिषयमा पनि तालिममा छलफल भएको थियो ।